बनेपा न .पा २ मा रोहित दंगाल द्वारा हनुमान मन्दिर स्थापना

बनेपा न .पा २ मा रोहित दंगाल द्वारा हनुमान मन्दिर स्थापना
काभ्रेपलान्चोक - बनेपा नगरपालिका वडा नं ३ का जुझारु युवा रोहित दंगालले आफ्नो जन्मदिनको अवसर पारेर स्वो. माता गोमा दंगालको स्मृतिमा बनेपा न.पा २ स्थित डुँडा मुख ( खाघा खोर) स्थित स्थानियहरुद्वारा नवनिर्मित पार्कमा हनुमान मन्दिर स्थापना गर्नुभएको छ । जन्मदिनमा आफुलाई जन्म दिने आमाको सम्झना गर्दै आफुले हनुमान मन्दिरको स्थापना गरेको बताउँदै दंगालले सधैँ सामाजिक कार्य गर्न र पुर्ण सामाजिक जिवन बिताउ...

बेथानचोकमा ब्यवसायिक बाख्रा, कुखुरा पालन तालिम र तरकारी खेती तालीम संचालन

बेथानचोकमा ब्यवसायिक बाख्रा, कुखुरा पालन तालिम र तरकारी खेती तालीम संचालन
काभ्रेपलान्चोक - जिल्लाको बेथानचोक गाउँपालिकाको सबै वडाहरुमा ब्यवसायिक बाख्रा, कुखुरा पालन र बेमौसमी तरकारी खेती तालिम संचालन गरिएको छ । सोमबार बेथानचोक १ च्याम्राङ्बेशीबाट तालिम कार्यक्रमको सुरुवात गरिएको हो ।                गरीबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्तर्गत नयाँ लघु उद्यमि सिर्जना गर्ने उदेश्यका साथ बेथानचोक गाउँपालिका लघु उद्यम बिकास शाखाको आयोजनामा ब्यवसायिक बाख्रा, कुख...

सभामुख अग्निप्रसाद सापकोटालाई अनेरास्ववियु काभ्रेको कालो झण्डा

सभामुख अग्निप्रसाद सापकोटालाई अनेरास्ववियु काभ्रेको कालो झण्डा
काभ्रेपलान्चोक - अनेरास्ववियु काभ्रेले सभामुख अग्निप्रसाद सापकोटालाई कालो झण्डा देखाएको छ । आज मंगलवार सिन्धुपाल्चोक जाने क्रममा काभ्रेको बनेपामा उनलाई अनेरास्ववियु काभ्रेले कालो झण्डा देखाएको हो ।  एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले सभामुखको राजीनामा माग्दै आएका बेला नेकपा एमालेको भ्रातृ संगठनले कालो झण्डा देखाएको हो । 

स्थानीय तहको निर्वाचन जेठ ४ गते बुधबार हुदै

स्थानीय तहको निर्वाचन जेठ ४ गते बुधबार हुदै
  सरकारले ०७९ साल जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने भएको छ । सरकार र निर्वाचन आयोगबीच स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते बुधबार एकै चरणमा गर्ने समझदारी बनेको हो । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूसहित निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलले ०७९ साल जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने समझदारी बनाएको हो । छलफलमा प्रध...

बनेपामा ट्राफिक प्रहरीले गर्यो सवारी चालक, सहचालक र यात्रुको स्वास्थ्य जाँच

बनेपामा ट्राफिक प्रहरीले गर्यो सवारी चालक, सहचालक र यात्रुको स्वास्थ्य जाँच
काभ्रेपलान्चोक - जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाले चारदोबाटोमा सवारी चालक, सहचालक र यात्रुहरुको स्वास्थ्य परीक्षण तथा मास्क वितरण गरेको छ । ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत चालकको स्वास्थ्य अवस्थाबाट हुने सवारी दुर्घटना न्युनिकरण गर्नका लागी स्वास्थ्य परीक्षण तथा मास्क वितरण गरिएको हो । चालक, सहचालक तथा पैदल यात्रुको निःशुल्क स्वास्थ्य चेकजाँच तथा स्वास्थ्य परामर्शका साथै कोभिड-१९ बाट जोग...

राष्ट्रिय युवा संघ नेपाल, काभ्रेले निकाल्यो बनेपामा मसाल जुलुस

राष्ट्रिय युवा संघ नेपाल, काभ्रेले निकाल्यो बनेपामा मसाल जुलुस
काभ्रेपलान्चोक - राष्ट्रिय युवा संघ नेपाल काभ्रेले बनेपा चारदोबाटोमा मसाल जुलुस निकालेको छ । आज बेलुका ७ बजे मसाल जुलुस निकालेको हो । युवा संघ जिल्ला अध्यक्ष सागर रायमाझीको नेतृत्वमा मसाल जुलुस निकालिएको थियो । देउवाले सरकार बाट राजिनामा दिनु पर्ने, मूल्य वृद्धि तत्काल फिर्ता लिनु पर्ने, स्थानीय चुनावको घोषणा गर्नु पर्ने लगायतको नारा लगाइएको थियो ।

सुन्दरताले आत्माविश्वास र व्यक्तित्वमा निखार ल्याउछ – वरिष्ठ सौन्दर्यबिद रश्मिला श्रेष्ठ

सुन्दरताले आत्माविश्वास र व्यक्तित्वमा निखार ल्याउछ – वरिष्ठ सौन्दर्यबिद रश्मिला श्रेष्ठ
काभ्रेपलाञ्चोक – वरिष्ठ सौन्दर्यबिद रश्मिला श्रेष्ठ नेपालको सौन्दर्य ब्यबसाय क्षेत्रको लागि चिर परिचित नाम हो । धादिङमा जन्मिएकी साधारण एवं धैर्यशाली रश्मिला श्रेष्ठ कर्म र संघर्ष मन पराउँछिन् । बाल्यकालदेखि नै सिर्जनात्मक कार्यमा रुचि राख्ने रश्मिला अरूलाई सहयोग गर्न पाउँदा खुसी हुन्छिन्। बिगत १४ बर्ष देखि सौन्दर्य ब्यबसाय पेशामा बिताईसकेकी रश्मिला सौन्दर्य व्यवसायमा चर्चित छिन। उनले १४ बर्ष अघि ...

१२ बर्षमा लाग्ने मकर मेला, शनिबार आज पनौतिमा भिड

१२ बर्षमा लाग्ने मकर मेला, शनिबार आज पनौतिमा भिड
बनेपा - १२ बर्षमा लाग्ने मकर मेला भर्न पनौतीमा शनिबार घुँइचो लागेको छ । सार्वजनिक बिदा भएकाले र मध्य मकर भएकाले पनि मान्छेको संख्या बढेको हुन सक्ने अनुमान गरिएको छ । दुरी कायम गर्ने, सकेसम्म सुरक्षाको विधी अपनाउन नगरले अनुरोध गरेको छ । शनिबार यो बर्षको सबैभन्दा धेरै भत्तजन आएर मेला भरेको अनुमान गरिएको छ । अघिल्लो बर्षहरुमा सार्वजनिक यातायातको प्रयोगकर्ताको संख्या धेरै हुने भएपनि यो बर्ष निजी तथा...

काभ्रे र मकवानपुर जोड्ने वागमती पुल अलपत्र, तत्काल काम अघि बढाउन पुर्वमन्त्री लामाको आग्रह

काभ्रे र मकवानपुर जोड्ने वागमती पुल अलपत्र, तत्काल काम अघि बढाउन पुर्वमन्त्री लामाको आग्रह
बनेपा - काभ्रेको डाँडापारी क्षेत्रलाई वागमती प्रदेशको राजधानी हेटौंडासँग जोड्ने पक्कि पुल अलपत्र परेको छ । काभ्रेको खानीखोला गाउँपालिका वडा नम्बर ५ र मकवानपुर जिल्लाको वागमती गाउँपालिका वडा नम्बर ९ सिक्रेदोभानमा निर्माणाधिन बागमती पुल अलपत्र परेको हो । पुल नहुँदा ओहोरदोहोर गर्न नै समस्या भएको स्थानीयले गुनासो गरेपछि वागमती प्रदेश सांसद एवं पुर्वमन्त्री चन्द्र लामाले स्थलगत अनुगमन गर्नुभएको छ । काभ...

पछिल्लो समय मेरा गितहरु चर्चामा छन्  : गायक दिनेश श्रेष्ठ

पछिल्लो समय मेरा गितहरु चर्चामा छन्  : गायक दिनेश श्रेष्ठ
  काभ्रेपलान्चोक – पछिल्लो समय सामाजिक सञ्जालको धेरै नै प्रयोग हुने गरेको छ । सामाजिक सञ्जाल मध्य पनि सबैभन्दा धेरै प्रयोग हुने टिकटक हो । पछिल्लो समय टिकटकमा स्वर संगीत र शब्द भाइरल भइ सबै दर्शक स्रोताको मनमा बस्न सफल गायक हुन् दिनेश श्रेष्ठ । नुवाकोट जिल्लामा जन्मनु भएको गायक श्रेष्ठको माग आजभोलि निकै बढेको छ । श्रेष्ठ को “भनेकै थिए मेरै भइ बसम अब तिम्रो बाल छैन मा कसम” शब्द र स्वरको गी...