बनेपा नगरपालिका वडा नं. १० मा १ घर १ धारा पानी वितरण कार्य केहि दिन पछि सुरु

बनेपा नगरपालिका वडा नं. १० मा १ घर १ धारा पानी वितरण कार्य केहि दिन पछि सुरु
काभ्रेपलान्चोक - बनेपा नगरपालिका वडा नं. १० मा १ घर १ धारा पानी बितरण अन्तर्गत पाईप बिच्छाउने कार्य सुरु भएको छ । बृहत खानेपानी आयाेजना अन्तर्गत सेतिदेबि मन्दिरमा १ लाख ५० हजारकाे ट्याङ्की निर्माण सम्पन्न सम्पन्न भएको छ । साथै डिप बाेरिङकाे काम पनि सम्पन्न भएकाे र केही दिनमै पानी बितरण गर्ने वडा अध्यक्ष चन्द्र बहादुर खडाकाले काभ्रे प्रेस लाई बताउनु भयाे ।      उक्त आयाेजना बाट पहलाे चरणमा २...

प्रहरी नायब निरीक्षक कार्की माघ महिनामा जिल्लाकै उत्कृष्ट प्रहरी घोषित

प्रहरी नायब निरीक्षक कार्की माघ महिनामा जिल्लाकै उत्कृष्ट प्रहरी घोषित
काभ्रेपलान्चोक - जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोमा कार्यरत प्रहरी नायब निरीक्षक कपिल कार्की माघ महिनामा जिल्लाकै उत्कृष्ट प्रहरी घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले उनको कामको कदर गर्दै बेस्ट पोलिस अफ द मन्थ घोषणा गरेको हो । प्रहरी नायब निरीक्षक कार्कीले विभागिय मूल्य/मान्यता, आदेश/निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च ...

बनेपामा काभ्रे जिल्ला स्तरीय नागरिक सुनुवाइ तथा अन्तर्किया कार्यक्रम सम्पन्न

बनेपामा काभ्रे जिल्ला स्तरीय नागरिक सुनुवाइ तथा अन्तर्किया कार्यक्रम सम्पन्न
काभ्रेपलान्चोक - जिल्ला प्रहरी कार्यालय काभ्रेकाे आयाेजनामा तथा बनेपा नगरपालिकाकाे समन्वयमा जिल्ला स्तरीय नागरिक सुनुवाइ तथा अन्तर्किया कार्यक्रम सम्पन्न भएको छ ।  कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, नगर प्रमुख लक्ष्मी नरसिंह बादे, उप-प्रमुख रेखा सापकोटा दाहाल, प्रहरी प्रमुख चक्रराज जाेशि, जिल्ला ट्राफिक प्रमुख प्रमिला श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत कबिराज उप्रेती, ईलाका प्रहरी ...

काभ्रेका नेता कञ्चन अधिकारी सहित पाँचखाल नगर कमिटीले गर्यो महासचिव शंकर लाई पोखरेल लाई नगरमा स्वागत

काभ्रेका नेता कञ्चन अधिकारी सहित पाँचखाल नगर कमिटीले गर्यो महासचिव शंकर लाई पोखरेल लाई  नगरमा स्वागत
काभ्रेपलान्चोक – नेकपा एमालेका महासचिव शंकर पोखरेलले आज पाँचखाल नगर कमिटीको कार्यालयमा गएर आउदो चुनावमा पार्टीलाई विजयी गराउने गरी अघि बढ्न पार्टीका कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । पोखरेल लाई नेकपा एमाले काभ्रेका नेता कञ्चन अधिकारी लगायत पाँचखाल नगर कमिटीले स्वागत गरेको थियो । पोखरेलले चुनावमा एमालेलाई विजयी गराउने गरी पार्टी संगठनलाई चलायमान बनाउन निर्देशन दिएका हुन् । नेकपा एमाले सिन...

एमसीसीको विरोधमा नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त

एमसीसीको विरोधमा नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त
काठमाडौं – काठमाडौंको नयाँबानेश्वर क्षेत्रमा एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएकाहरु र प्रहरीबीच झडप भएको छ । अहिले बानेश्वर क्षेत्रमा तनावको स्थिति छ ।झडपमा वाईसीएल संयोजक सुमन देवकोटा घाइते भएका छन् । प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएर भ्यानमा कोचेको छ । प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीले पानीको फोहोरासमेत प्रयोग गरेको छ ।केही प्रदर्शनकारी संसद भवनको एक नम्बर गेट (सिभिल अस्पताल त...

प्रतिनिधि सभाको अर्को बैठक फागुन ६ गते बस्ने

प्रतिनिधि सभाको अर्को बैठक फागुन ६ गते बस्ने
  काठमाडौं - प्रतिनिधि सभाको अर्को बैठक फागुन ६ गते बस्ने भएको छ। आजको बैठकमा सभामुख अग्नि सापकोटाले अर्को बैठक ६ गते दिउँसो १ बजे बस्ने बताएका हुन्। आजको बैठक सुरू हुनासाथ प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसदहरूले नाराबाजी सुरू गरेका थिए।सभामुख सापकोटाले उनीहरूलाई अवरोध नगरी बैठक चलाउन सहयोग गर्न अनुरोध गरेका थिए।एमाले सांसदहरूले नाराबाजी जारी राखे। एमाले सांसदको नाराबाजीबीच सभामुख...

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले गर्यो सवारीको यान्त्रिक परिक्षण तथा चेकजाँच

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले गर्यो सवारीको यान्त्रिक परिक्षण तथा चेकजाँच
काभ्रेपलाञ्चोक, जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले सवारीको यान्त्रिक परिक्षण तथा चेकजाँच गरेको छ । आज जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे, प्रहरी चौकी काभ्रेभञ्याङको संयुक्त आयोजनामा सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले बि.पि.लोकमार्गमा चल्ने विभिन्न ५३ वटा सवारी साधनको यान्त्रिक परिक्षण गरेको हो ।    उक्त कार्यक्रममा चालकको दृष्टीलाई प्रभाबित गर्ने गरी सवारी साधनहरुमा राखिएको ५ वट...

संसदमा एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

संसदमा एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय
काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा टेबल गरेर अनुमोदन गर्नुपर्ने निर्णय गरेको छ ।मंगलबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले एमसीसीलाई संसदमा अघि बढाउनुपर्नेमा जोड दिएको छ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले सभामुखलाई फोन गरेर आफूले एमसीसी अघि बढाउनुपर्छ भनिसकेको जानकारी गराएका छन् ।...

एमसीसीमा एमालेको मौनता तोडियो, पक्षमा मतदान नगर्ने

एमसीसीमा एमालेको मौनता तोडियो, पक्षमा मतदान नगर्ने
काठमाडौँ – नेकपा एमालेले एमसीसीमा समर्थन नगर्ने भएको छ । सरकारले संसदमा एमसीसी टेबल गर्ने तयारी गरिरहेका बेला नेकपा एमालेको यस्तो धारणा आएको हो ।  यसअघि सत्ता गठबन्धनको निर्णयपछि मात्र आफ्नो धारणा सार्वजनिक गर्ने अडान लिएको एमालेले अहिलेको अवस्थामा एमसीसीलाई समर्थन नगर्ने निष्कर्षमा पुगेको हो । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराइले संसदमा एमसीसी टेवल भएमा विपक्षमा मतदान गर्ने बताएका हुन् ।...

भोलि बस्ने संसद बैठक पनि एमालेले अवरोध गर्ने

भोलि बस्ने संसद बैठक पनि एमालेले अवरोध गर्ने
  काठमाडौं -प्रमुख प्रतिपक्षी दल एमालेले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध गर्ने भएको छ । एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमालेले निरन्तर संसद बैठक अवरोध गर्दै आएको छ । बुधबार बस्ने संसद बैठकमा सरकारले एमसीसी पेस गर्ने तयारी गरिएका बेला एमालेले अवरोध गर्ने भएको हो । ‘हामीहरूको माग पूरा भएको छैन । बुधबार बस्ने संसद बैठक पनि एमालेले अवरोध गर्छ,’ एमाले सा...