बनेपामा जनप्रतिनिधिको सक्रियता पाँच वर्षमा ५३ किलोमिटर सडक कालोपत्रे, २ हजार ८ सय घर धुरीमा पानी
बनेपा, सघीयताको कार्यान्वयन सँगै निर्वाचित स्थानीय सरकारको सक्रियतासँगै नागरिकहरुको विकासको चाहना र बजेटको सदुपयोग बढेको छ । बनेपा नगरपालिकाले निर्वाचन भएको पाँच वर्षमा नगर५३ किलोमिटर सडक कालोपत्रे गरेको छ ।
पाँच वर्ष गरेका कामहरुको अनुमगन, मुल्यांकन र समिक्षा गर्ने उदेश्यले नगरपालिकाले विभिन्न समितिहरु १४ वटै वडामा खटाएको थियो । चालु योजना तथा जनप्रतिनिधि निर्वाचित भए पछि शुरु भएका योजनाहरुको ...