काभ्रेपलाञ्चोक – स्थानीय तहको निर्वाचन पश्चात् बनेपा नगरपालिका वडा नं, ५ को वडा अध्यक्ष पदमा अत्यधिक बहुमतले पुन बिजयी हुनु भएको बलराम अधिकारी आज भोलि निकै व्यस्त हुनुहुन्छ । बनेपा नगरपालिका वडा नं. ५ मा तीव्र विकास र सही नेतृत्वदायी भूमिकाकै कारण वडामा कोहि समस्यमा नपरेको वडाका स्थानीयहरु बताउदै आएका छन् । आफ्नो टोल, समाजमा आइपर्ने हरेक दुःख, पीडामा सारथि बनिरहने अधिकारीलाई जनप्रतिनिधिको रूपमा पाउँदा वडा वासी नागरिकहरु हर्षित छन् ।

लगनशील, हँसिलो र सरल स्वभावका अध्यक्ष अधिकारीले विपद् व्यवस्थापन, कोरोना संक्रमण नियन्त्रण तथा समानुपातिक विकासमा सक्षम भूमिका निर्वाह गरेको देख्न सकिन्छ ।
अधिकारी जस्ता सक्षम युवाले मात्र नागरिकहरुको आर्थिक, सामाजिक, शैक्षिक रुपान्तरण एवम् पर्यावरणीय हितलाई ध्यानमा राखेर कर्म गर्न सक्छन् । हरेक युवाहरूका आशा भरोसा र विकासका पहरेदार अधिकारीसँग नव क्षितिज साप्ताहिकको लागि अरबिन्द्र गौतमले गर्नुभएको छोटो कुराकानी 

 

 

० जनप्रतिनिधि भएर कार्य गर्न कतिको सजिलो हुन्छ ?
बनेपा नगरपालिका वडा नंं ५ का आदरणीय आमा बुबा दाजुभाइ दिदिबहिनीहरुले आफ्नो अमुल्य मतदान गर्नुभई जनप्रतिनिधि भई सेवा गर्ने अवसर प्रदान गर्नु भयो । वास्तवमा जनताको सेवा गर्न पाउनु निकै राम्रो हो । वडावासिहरुको सुख दुखमा साथ दिदै उहाँहरुको चाहाना अपेक्षा लाई शिरोपर गर्दै विकासको कार्यमा लाग्न हामिले गा¥हो मान्नु हुदैन । कहिले धन्यवाद रुपि माया अनि कहिले सुझाव रुपि प्रेरणा सल्लाहले कार्यलाई उत्साह प्रदान गर्दछ ।

 

० तपाईं दुई दुई पटक अध्यक्ष भएर काम गर्ने मैका पाउनु भयो ? तपाईं लाई नै किन वडा बासीले जिताएका होलान् ? तपाईंले के त्यस्तो काम गर्नु भयो ?
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा बनेपा नगरपालिका वडा नं ५ मा वडा अध्यक्षको रुपमा बिजय भैसके पछि
सबैलाई समेटदै वडाको चौतर्फी बिकासमा वडा वासिलाई वाँडेको सपना कार्यान्वयनको लागि दिन रात नभनी, झरि बादल नभनी निरन्तर ५ वर्ष वडावासिहरुको सेवामा लाग्दा, धेरै बिकासका योजनाहरुको शुभारम्भ गरिएको हुनाले ती अधुरा योजना पुर्ण रुपमा कार्यान्वयन गर्न पुन २०७९ सालमा वडावासिहरुले बिजय गराउनु भएको हो । पक्कै पनि ५ वर्ष निरन्तर वडावासिहरुलाई बिना भेदभाव सेवा गरेको हुनाले नै मलाई पुन ५ वर्षको लागि सेवा गर्ने अवसर मिलेको जस्तो लाग्छ ।

 

० तपाईं लाई त नेपाली कांग्रेसका धेरै मानिसहरुले भोट हालेर जिताएको भन्ने सुन्निन्छ ? तपाईंले उनिहरु मन कसरी जित्नु भयो ?
५ वर्ष भेदभाव बिना नै मैले काम गरेको थिए । गत निर्वाचनमा आफ्नो स्वतन्त्रता प्रयोग गरि फरक पार्टीका साथीहरुले पनि सुर्यमा मतदान गरेर मलाई बिजय गराउनु भएको छ ।

० तपाईंको वडा ठूलो छ सेवाग्राहीहरुको चाप पनि निकै देख्न सकिन्छ तैपनी वडावासिलाई कसरी सन्तुष्ट पार्नु भएको छ ?
वास्तवमा साविक बनेपा न.पा. को वडा नं. १ र २ अनि साविक रपिओपी गा.वि.स को ६,७,८ र ९ नं. वडाहरु मिलेर बनेपा ५ नम्बर वडा बनेको छ । सेवाग्राहीहरुको चाप हाम्रोमा अलि बढि नै छ । अहिले यस वडामा १ जना वडा सचीव र एक जना कार्यालय सहयोगीको भरमा संचालन गरिरहेका छौं । अनुभवी वडा सचीव, लगनशील कार्यालय सहयोगी, मिलनसार अनि सेवा गर्ने जोश जागरले सजिएका वडा सदस्यहरु सबैको सहकार्यले हामीले सेवा दिइरहेका छौं । धेरै कामहरु कम्प्युटराइज सफ्टवेयर अनलाइन प्रक्रिया द्वारा गर्दै आइरहेका छौ । प्रविधि कामहरु हप्ताको ३ दिन हुने गरेको छ । साथै सबै वडा सदस्यहरु लाई परिचालन गरि कार्य विभाजन गर्दै गर्ने गरेका छौँ ।

 

० तपाईंको वडामा शिक्षा स्वास्थ्य खानेपानीको अवस्था कस्तो छ ?
बनेपा नगरपालिका वडा नं. ५ शिक्षाको लागि दव नै हो जस्तो लाग्छ, किनभने यस वडामा काभ्रे जिल्लाको नै पुरानो हाइ स्कुल आजाद मा.वि, हिमाला मा.वि, गंगादेवि आ.वि, बनेपा आ.वि, ज्ञान सरोवर इङलिस स्कुल, एभरेस्ट एकेडेमी, समता मा.वि, त्रिगुण एकेडेमी, नेपाल बनेपा बहुप्राबिधिक शिक्षालय, फुल्चोकी नर्सिङ क्याम्पस, शिर मेमोरियल नर्सिङ क्याम्पस विभिन्न मन्टेश्वरी स्कुलहरुले शैक्षिक सेवा प्रदान गर्दै आइरहेका छन् । गत वर्ष यस वडा बाल मैत्री वडा समेत घोषण भइ कृयासिल रहेको छ । काभ्रे जिल्ला कै ६० वर्षको इतिहास बोकेको शिर मेमोरियल अस्पताल पनि यसै वडामा रहेको हुनाले स्वास्थ्यमा अस्पतालसँग वडाको निरन्तर सहकार्य रहि आएको छ । गत वर्ष देखि यस वडामा आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापन भइ संचालनमा रहेको छ । वडाको सिफारिसमा रेयुकाई आँखा अस्पतालमा निशुल्क मोतिबिन्दु रोगको उपचारलाई निरन्तर एन.एन.सि.टि.आर सँगको समन्वयमा जाँच शिविर संचालन अपांग बाल अस्पतालसँगको बनेपा न.पा को सहकार्यमा बालबालिकाहरुको उपचारमा विशेष छुट समेतको व्यवस्था भएको छ भने स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी रुपमा संचालन भएको छ । विभिन्न महामारी कोभिड, डेगु, खोप कार्यक्रम, स्वयंसेवीका परिचालन, गाउँघर क्लिनिक लगायतको अभियान अनि किशोरी समुह गठन गरि किशोरी शिक्षा समेतले स्वास्थ्य वडा अभियान संचालन भइरहेको छ। साविक बनेपा न.पा मा काभ्रे उपत्यका एकिकृत खानेपानी योजनाको काम, ओपिमा एक घर एक धारा अभियान संचालनमा रहेको, चण्डेश्वरी भित्तेगाउँ, थुम्का बस्नेत गाउँमा खानेपानीको डि.पि.आर गर्ने योजना रहेको जानकारी गराउन चाहान्छु ।

 

० तपाई नेकपा एमाले बाट निर्वाची हुनु भयो ? तपाईंलाई तपाईंको वडामा अन्य दलको साथ सहयोग कतिको छ ?
बिकास निर्माणको कार्यमा सबै राजनीति दलको सकारात्मक सहयोग हामीले पाएका छौँ । सुखी नेपाली समृद्ध नेपाल बनाउने अभियान नेकपा एमालेले ल्याएका बिकासको योजनामा वडावासिहरुको समेत सबैको साथ सहयोग रहेको छ ।

० बिकास निर्माणको काममा कहिँ कतै अबरोध आउदैन ?
कहिले कहिँ ब्यक्तिगत स्वार्थका कारण कहिँ कतै अबरोध आउन खोज्दा, समन्वय, सहकार्य, वार्ता, छलफल द्वारा यस्ता अबरोध र विवादलाई समाधान गर्दै बिकासलाई अगाडि बढाउने गरिएको छ । कतै कानुनी जटिलता द्वारा आएमा कानुनी रुपमै समाधानको प्रयास गरिने गरेको छ ।

 

० तपाईंले सुरु गर्नु भएको महत्त्वपूर्ण बिकास निर्माणको काम ?
पहिलो कार्यकाल देखि अहिलेसम्मको कुरा गर्नु पर्दा धेरै बिकास निर्माणका कामहरु भएका छन् । शिक्षा र खेलकुद क्षेत्रको कुरा गर्नु पर्दा ०७२ सालमा आएको भुकम्पले भत्किएको आजाद मा.बि, हिमाल, हिमाल आ.वि का को भवनहरु निर्माण भएका छन् । वडा स्तरीय बाल क्लब संजाल गठन, बाल मैत्री वडाको घोषणा, बनेपाको एक मात्रै फुटबल मैदानको स्तरउन्नति स्वास्थ्य क्षेत्रको कुरा गर्नु पर्दा वडामा स्वास्थ्य चौकी आधारभुत स्वास्थ्य सेवा केन्द्र आफ्नै भवन बनाई दरबन्दी सहित स्थापन र संरचना, ओपि मिजार बस्ती लगायत अन्य ठाउ गाउँघरमा क्लिनिक संचालन, स्वास्थ्य बिमा कार्यक्रम लाई प्रभावकारी रुपमा कार्यान्वयन, शिर मेमोरियल अस्पतालसँग समन्वय र सहकार्य, पाठेघर जाँच शिबिर संचालन, खोप कार्यक्रम महिला स्वास्थ्य स्वयं सेवीका परिचालन, अपांग अस्पताल संग बनेपा नगरको समन्वय र सहकार्यमा १८ वर्ष भन्दा मुनिका बालबालिकाहरुको निशुल्क उपचार, पुर्वाधार बिकास अन्तर्गत विगत ५ वर्षमा सयौं योजना संचालन गरि बिकासको गति अगाडि बढाउदै आएका छौँ । सडक स्तरोन्नति चण्डेश्वरी १६ सय सिढी निर्माण बनेपा नगरको नै गौरवको आयोजना ५ र ६ नं. जोडने स्मार्ट सिटि अन्तर्गत, सम्पदा संरक्षण, सिचाइ, पिकनिक स्पोट निर्माण, पदमार्ग निर्माण, खानेपानी योजना, रिचार्ज पोखरी, सडक बत्ति, करिडोर, मठ मन्दिर निर्माण लगायतका कामहरु संचालनको क्रममा रहेका छन् ।

० सामाजिक र आर्थिक बिकासको कुरा गर्नु पर्दा नि ?
बाल क्लब गठन र परिचालन, किशोरी समूह गठन र अभिमुखिकरण , घरेलु हिसा विरुद्ध अभियान, भुकम्प पीडितहरुको लागि कानुनी सहायता परामर्श एवम् सहयोग , जेष्ठ नागरिक सम्मान कार्यक्रम, अनुदानमा मेसिन औजार वितरण, अपांग भएका ब्यक्तिहरु लाई जिबिकोपर्जनको लागि सहयोग र हिल चिपर वितरण, बाल मैत्री वडा, खुल्ला दिसा मुक्त क्षेत्र घोषणा लगायतका कामहरु भएका छन् हामी निरन्तर वडा वासिको सेवामा छौँ  

 

० अब तपाईंको आगामी योजना के के रहेकोे छ ?
समुन्नत, समृद्ध वडा निर्माणको लागि वडा वासिको चाहाना अनुसार कार्य गर्ने, अधुरा योजनाहरु लाई क्रमागत रुपमा सम्पन्न गर्ने, प्राय सबै क्षेत्रमा एक घर एक धारा अभियान लाई अगाडि बढाउने, पर्यटकीय क्षेत्रको रुपामा बिकास गर्ने, करिडोर, सडक बत्ति, महिला सशक्तीकरण एवम् समग्र बिकासमा जोड दिदै खुसी नेपाली समृद्ध नेपाल अभियानमा निरन्तर लागिरहने छु ।

० अन्तमा ?

आफ्नो बिचार प्रस्तुत गर्ने अवसर प्रदान गर्नु भएकोमा लोक प्रिय पत्रीका अनि पत्रकार गौतम ज्यु लाई धेरै धेरै धन्यवाद । दोश्रो पटक वडा अध्यक्ष पदका लागि टिकट प्रदान गर्ने नेकपा एमाले पार्टीका आदरणीय नेतागणहरु मतदान गरि बिजयी गराउने सम्पुर्ण वडा वासी आदरणीय मतदाताहरु बिकास निर्माणमा साथ दिने बनेपा नगरपालिकाका पुर्व जनप्रतिनिधि ज्युहरु हाम्रा काभ्रेका धरोहर बिकास प्रेमी नेता पुर्व मन्त्री माननीय गोकुल प्रसाद बास्कोटा ज्यु, वडा सदस्यहरु, कार्य सम्पन्न गर्न अहोरात्र खटिनुहुने वडा सचीव, प्रविधि, उपभोक्त समितिका साथीहरु सबै लाई धेरै धेरै धन्यवाद दिन चाहान्छु । स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार, बिषयगत निकायहरु, संघ संस्था सम्पुर्ण लाई सम्झदै समृद्ध वडा बनाउने अभियानमा निरन्तर साथ र सहयोगको अपेक्षा गरेको छु ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..