

काभ्रेपलान्चोक – आगामी मंसिर ४ गते हुने प्रदेश र केन्द्रिय निर्वाचनको चहलपहल बनेपामा पनि बढेको छ । निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरुले चुनावी प्रचारप्रसार तीव्र बनाएका छन् ।

नेकपा एमाले बनेपा नगर कमिटीले आफू मातहतका ९० वटा टोल कमिटी बाट प्रचारप्रसार सुरु गरेको छ । साथै आज नै बनेपा नगरपालिका भित्र रहेको नेकपा एमालेको ९० वटा टोल कमिटीको सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ । उक्त टोल कमिटीका मानिसहरु आफ्नो पक्षमा मत तान्न गाउँगाउँ पुगेका छन् ।




मतदाता रिझाउनका लागि बनेपा नगर कमिटीका पदाधिकारीहरु गाउँगाउँ पुगेका छन् । नेकपा एमाले बनेपा नगरले चुनावी अभियानलाई तीव्रता दिएको छ । कतै गोकुल बास्कोटा जिताउ भनेर लेखिएका पोस्ट देख्न सकिन्छ भने कतै झण्डा कतै गोकुल बास्कोटा र कुमार थापा लाई भोट हालौ बनेपा लाई समृद्ध बनाउ भनेर लेखिएको ब्यानर देख्न सकिन्छ ।

