होस्टल व्यवसायीहरूको छाता संस्था नेपाल होस्टल एशोसिएसनको आगामी शनिवार हुने निर्वाचनका लागि उम्मेदवारी घोषणा गरिएको छ । आइतबार बानेश्वरमा आयोजित घोषणासभामा सुनील भेटवालको अध्यक्षतामा समूहको प्यानल घोषणा गरिएको हो ।

घोषणा अनुसार यो प्यानलको वरिष्ठ उपाध्यक्षमा अल्पना कर्माचार्य, महिला उपाध्यक्षमा लीला केसी, महासचिवमा रेवतीकुमार खड्का, सचिवमा किरण शर्मा र कोषाध्यक्षमा घनश्याम रिसाललाई उम्मेदवार बनाइएको छ ।
त्यसैगरी सदस्यहरूमा राधिका घिमिरे, हिरामणि गौतम, बालकृष्ण गौतम, रमा योगी र महेश्वर सापकोटाको घोषणा गरिएको छ ।

घोषणा सभामाबोल्दै एशोसिएसनका महासचिव रुपाली पौडेलले संस्थामा दलगत राजनीति नगर्न सचेत गराउँदै राजनीति गर्ने भए त्यसकालागि अरु नै मञ्चहरू उपलब्ध भएको बताउनसभयो । एशोसिएसनमा राजनीतिक दलको लुगा बाहिरै फुकालेर आउन आग्रहगर्दै सुनील भेटवालको यो प्यानलले आगामी दिनमा एशोसिएसन लाई सही दिशा दिन सक्ने भएको आफू यो प्यानलको साथमा रहेको घोषणा गर्नुभयो ।

त्यसैगरी पूर्व अध्यक्ष राजीव जोशीले आफ्नो समर्थन यही प्यानललाई रहेको बताउँदै शुभकामना व्यक्त गर्नुभयो । त्यस्तै सल्लाहकार ऋषिश्वर थपलियाले व्यावसायीको हित र संरक्षणका लागि यो समूहले चुनाव जितेर आगामी कार्यकालका लागि सम्पूर्ण होस्टल व्यवसायीहरूको नेतृत्व लिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

सभामा बोल्दै अध्यक्षका उम्मेदवार सुनील भेटवालले आप्mनो प्यानलले जितेमा गर्ने कामहरू प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा द्रौपदी ओली, सुनीता बाटाजू, जया शर्मा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । सभामा उपाध्यक्ष् उर्मिला भट्टराई बरालले स्वागत मन्तव्य राख्नुभएको पथियो भने महासचिवका उम्मेदवार रेवतीकुमार खड्काले सञ्चालन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly