बनेपा – काभ्रे जिल्लाको भुम्लु गाउँपालिका वडा नं ७ स्थित फलाँटेमा फलाँटे सामुदायिक स्वास्थ्य इकाई भवनको उद्घाटन गरिएको छ । आज भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले
फलाँटे सामुदायिक स्वास्थ्य इकाई भवनको उद्घाटन गर्नु भएको छ ।

नवनिर्मित फलाँटे सामुदायिक स्वास्थ्य इकाई भवनको उद्घाटन यहीँ फाल्गुण ३० गते गरिएको हो । गाउँपालिकाको वडा नं ७ का अध्यक्ष रमेश राज खरेलको अध्यक्षतामा भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले फलाँटे सामुदायिक स्वास्थ्य इकाई भवनको उद्घाटन गर्नु भएको हो।

स्वास्थ्य इकाई भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष कुँवरले गाउँपालिकाले स्वास्थ्यलाई प्राथमिकतामा राखेर विभिन्न कामहरु गर्दै आएको बताउनु भयो । उहाँले यस नयाँ भवनबाट स्वास्थ्य सेवा प्रवाहमा सहज हुने उनले बताए ।

तपाईको प्रतिक्रिया

खाना, नाना र छाना बिहिनहरुको साथमा नव क्षितिज …. #nawa #kshitiz