सामाजिक सञ्जालको पहलपछि चौबासकी संगिता महत मानव सेवा आश्रममा सुरक्षित

 

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको चौबास घर भएकी संगिता महत विगत केही दिनदेखि काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा अलपत्र अवस्थामा बसिरहेको भन्ने जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि उहाँलाई मानव सेवा आश्रममा सुरक्षित रूपमा राखिएको छ।

बिज्ञापन

प्रतिनिधिसभा सदस्य बदन भण्डारीले आफ्नो फेसबुकमार्फत जानकारी दिँदै संगितालाई केही दिनका लागि आश्रममा सुरक्षित बस्ने व्यवस्था मिलाइएको बताएका हुन्। साथै, उहाँका बुबासँग समेत समन्वय भइरहेको र छिट्टै परिवारसँग पुनर्मिलन गराउने वातावरण बनाउन आवश्यक पहल अघि बढाइएको उल्लेख गरिएको छ।

सांसद भण्डारीले सामाजिक सञ्जालमार्फत घटनाबारे जानकारी सम्प्रेषण गरी सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरूप्रति धन्यवाद व्यक्त गरेका छन्।