
चेन्नई — अभिनेता तथा थलापति विजय नेतृत्वको तमिलगा वेत्री कजगम (टीभीके) का प्रमुख विजय आज (मे १०) तमिलनाडुको मुख्यमन्त्री बन्ने भएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार उनले आज बिहान १० बजे चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियम मा आयोजित विशेष समारोहबीच तमिलनाडु राज्यको नवौँ मुख्यमन्त्रीका रूपमा शपथ लिने कार्यक्रम रहेको छ।
बिज्ञापन

विजयको नेतृत्वमा टीभीकेले हालै सम्पन्न राजनीतिक प्रक्रियापछि सरकार गठनका लागि आवश्यक समर्थन जुटाएको बताइएको छ। २३४ सदस्यीय तमिलनाडु विधानसभामा सरकार बनाउन कम्तीमा ११८ सांसदको समर्थन आवश्यक पर्ने व्यवस्था छ।


लोकप्रिय अभिनेता विजयको राजनीतिक यात्रालाई दक्षिण भारतीय राजनीतिमा नयाँ मोडका रूपमा हेरिएको छ।


