
ललितपुर,
वैशाख ११ ।

पहिलो सीजनको ‘ट्रेडिसनल डिजाइनर रनवे-२०२६’ मा ‘मोडल अफ द इयर’को उपाधि अस्मिता खत्री तथा महेन्द्र मल्लले जित्नुभएको छ । ललितपुरको बालकुमारीस्थित म्युजिक सिटीमा भएको ग्राण्ड फिनालेमा दुवैले विधागत रुपमा उपाधि जित्नुभएको हो ।
यो प्रतियोगितामा सुधा कार्कीले अर्गनाइजर च्वाइस अवार्ड, अभि श्रेष्ठले पब्लिक भ्युअर्स च्वाइस अवार्डको उपाधि आफ्नो पोल्टामा पानुृभयो ।

विभिन्न चरणको अडिसनबाट छनोट भएका एक दर्जन बढी प्रतिस्पर्धिहरुले ग्राण्ड फिनालेमा विभिन्न डिजाइनरहरुले तयार पारेका पहिरनहरू प्रदर्शन गरेका थिए ।


ड्रिमस्केप प्रोडक्सनले आयोजना गरेको यो प्रतियोगिताको ग्राण्ड फिनालेको निर्णायकमा मिस नेपाल उषा खड्गी, सञ्चारकर्मी अरुणा भट्टराई, दन्त चिकित्सक तथा मिसेस भोग नेपाल डा. सुमि मल्ल, एनके शरद तथा मेकअप आर्टिष्ट मोमेन्ट शाह कार्की रहनुभएको थियो ।
विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिसहित सञ्चालन भएको यो प्रतियोगिताको कोरियोग्राफी आयोजक संस्थाकी प्रमुख इभा क्षेत्रीले गर्नुभएको थियो ।
प्रतिस्पर्धामा नेपालका विभिन्न जातजाति, परम्परा, भाषा–भाषि तथा भेषभूषालाई प्रतिनिधित्व गर्ने फेसन डिजाइनर तथा मोडलहरूलाई सहभागिता गराइएको थियो ।


