
प्रतिनिधिसभा निर्वाचन आउन ८८ दिन बाँकी रहँदा निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फको प्रक्रिया आजदेखि सुरु गरेको छ। राजनीतिक दलहरूले आज बिहान १० देखि ४ बजेसम्म आवेदन दिन सक्नेछन् भने दर्ता भएका दलहरूको सूची मंसिर २४ मा प्रकाशित हुनेछ।

उम्मेदवारको बन्दसूची पुस १३ र १४ मा पेस गरिनेछ र अन्तिम सूची माघ ३० मा सार्वजनिक हुनेछ। प्रत्यक्षतर्फ माघ ६ गते मनोनयन दर्ता, माघ ८ मा नामावली प्रकाशन तथा माघ ९ मा अन्तिम सूचीसँगै चुनाव चिन्ह वितरण गरिनेछ।
बिज्ञापन





