कान्ति राजमार्ग आजदेखि दुई महिनासम्म बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

# कान्ति राजमार्ग आजदेखि दुई महिनासम्म बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
काभ्रे प्रेस
काभ्रे प्रेस || शनिबार, मंसिर २०, २०८२
कान्ति राजमार्ग आजदेखि दुई महिनासम्म बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार आवश्यक मर्मत तथा विस्तार कार्यका लागि कान्ति राजमार्ग आजदेखि आगामी दुई महिनासम्म बन्द रहने भएको छ। सडक विस्तारको काम सुचारु गर्न दैनिक बिहान ११ बजेबाट बेलुका ५ बजेसम्म राजमार्गका विभिन्न खण्डमा सवारी आवागमन पूर्ण रूपमा रोकिँनेछ।

कान्ति राजमार्ग सडक आयोजनाले मर्मत तथा विस्तार कार्यलाई छिटो सम्पन्न गर्न सो अवधिसम्म सबै प्रकारका सवारी साधन सञ्चालन नगर्ने निर्णय लिएको हो। नियुक्त अवधि भर वैकल्पिक मार्ग प्रयोग गर्न र यात्रुहरूलाई पनि त्यही अनुसार मार्गदर्शन गर्न सम्बन्धित सञ्चालक तथा चालकहरूलाई आग्रह गरिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up