बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यक: महासचिव पोखरेल

# बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यक: महासचिव पोखरेल
काभ्रे प्रेस
काभ्रे प्रेस || शुक्रबार, मंसिर १९, २०८२
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यक: महासचिव पोखरेल

काठमाडौँ : नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीमा बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यक रहेको बताउनु भएको छ ।

एमाले उपत्यका विशेष प्रदेश कमिटीको ११ औ राष्ट्रिय महाधिबेशन जनपरिचालन भेला बिहिबार सम्बोधन गर्दै उहाँले अहिले राष्ट्र र पार्टीको आन्दोलनमाथि चुनौति भएकोले त्यसलाई सामाना गर्नका लागि बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यक रहेको बताउनुभयो ।

बिज्ञापन

“अहिलेका चुनौतिलाई सामना गरेर अनुकुल परिस्थिति निर्माण गरिसकेपछि नेतृत्वमा आउने चाहने हामीहरु फेरि प्रतिस्पर्धा गरौला,” उहाँले भन्नुभयो, “तर अहिलेको समय चुनौतिलाई सामाना गर्ने बलियो नेतृत्व पार्टीमा चाहिएको छ ।” महासचिव पोखरेलले पार्टीमा रहर गर्ने साथीहरुलाई प्रतिस्पर्धा खुला रहेको समेत बताउनुभयो ।

उहाँले पार्टीको तल्लो कार्यकर्ता तहभन्दा माथिल्लो तहमा समस्या रहेको बताउनुभयो । उहाँले पार्टीमा आएका जति पनि संकटलाई पार्टीको कार्यकर्ता पंक्तिले । “संकट आउदा माथिल्लो नेतृत्व तह विचलित हुन्छ । तर जति तल तह आयो त्यो संकट समाधान हुन्छ,” उहाँले भन्नुभयो ।

उहाँले कार्यकर्ताले पार्टीको रक्षा गर्ने बताउनुभयो । महासचिव पोखरेलले पार्टीले बनाएका नीति अहिलेका चुनौति समाना गर्न प्रभावकारी स्पष्ट दृष्टिकोण रहेको बताउनुभयो । उपत्यका प्रदेश कमिटीका इन्चार्ज सुजिता शाक्यले अहिले नेतृत्वलाई बलियो बनाएर जाने बताउनुभयो । कमिटीका अध्यक्ष प्रेम पराजुली महाधिवेशन सफल बनाउन सवै लाग्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up