
काभ्रेपलान्चोक – पनौती नगरपालिका द्वारा २०८२ मंसिर १५, १६ र १७ गते आयोजित पनौती नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा काभ्रे इंग्लिस स्कुलले उत्कृष्ट प्रदर्शन गर्दै समग्रमा दोस्रो स्थान हासिल गरेको छ। विद्यालयले ५ स्वर्ण र २ रजत पदक सहित उल्लेखनीय सफलता हासिल गर्न सफल भएको हो।

विद्यालयका प्राचार्य बसन्तराज नेपालका अनुसार विद्यार्थीहरूको मेहनत, प्रशिक्षकको मार्गदर्शन र विद्यालय परिवारको एकताले यो गौरवपूर्ण उपलब्धि हासिल गर्न सहयोग गरेको बताए।

५ स्वर्ण र २ रजत सहित दोस्रो स्थान
स्वर्ण पदक (५):


छात्रा लङ्गजम्प — सफलता श्रेष्ठ
४०० मिटर दौड — सफलता श्रेष्ठ
८०० मिटर दौड — सफलता श्रेष्ठ
लङ्गजम्प — जिया कर्माचार्य
कबड्डी (छात्रा टोली)
रविना घिमिरे
सोनिया मल्ल ठकुरी
स्वस्तिका तामाङ
नम्रता तामाङ
कुसुम घिमिरे
मेन्जिला तामाङ
नम्रता रायमाझी
सुप्रिया रम्तेल
सुप्रिया खत्री
जेनी श्रेष्ठ
रजत पदक (२):
१०० मिटर दौड — गौरव लामा
लङ्गजम्प — गौरव लामा
समग्र उत्कृष्ट छात्रा एथलेटिक्स खेलाडी — सफलता श्रेष्ठ
कबड्डी उत्कृष्ट खेलाडी — रविना घिमिरे
प्राचार्य नेपालले विद्यालय परिवार, प्रशिक्षक दिनेश श्रेष्ठ, पूर्वविद्यार्थी, अभिभावक तथा शुभचिन्तकहरू सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरे।
विद्यालयले प्राप्त गरेको यो सफलता आगामी खेलकुद गतिविधि तथा शैक्षिक यात्रामा ठूलो प्रेरणाको स्रोत बन्ने अपेक्षा व्यक्त गरिएको छ।


