
१७ मंसिर, काठमाडौं।
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण अन्तर्गत आज हुने २२औँ खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्ने भएका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजेबाट खेल सुरु हुनेछ। दुवै टोलिले प्रतियोगितामा आफ्नो छैटौं खेल खेल्दैछन्।

उत्कृष्ट लयमा देखिएको विराटनगर किंग्सले अहिलेसम्म खेलेका पाँचमध्ये चार खेलमा जित निकाल्दै ८ अंक सहित अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ। विपरित, लुम्बिनी लायन्सले पाँच खेलमा दुई जित मात्रै दर्ता गर्दै ४ अंकसहित छैटौं स्थानमा छ।
बिज्ञापन

प्रतियोगितामा टिक्न लुम्बिनीका लागि आजको खेल निकै महत्वपूर्ण मानिएको छ। जित हासिल गर्दै अंकतालिकामा सुधार गर्ने लक्ष्य दुवै टोलीको हुनेछ।




