
काठमाडौँ : मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास अगाडि प्रदर्शन गरेको छ ।


आज ढुंगानासहितको समूहले बालुवाटारमा प्रदर्शन गरेको हो । प्रहरीले उनीहरूलाई रोक्न खोज्दा केहीबेर घम्साघम्सी समेत भएको छ ।
बिज्ञापन


यसअघि ढुङ्गानाको समूहले मंगलबार प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबार जाँदा भित्र पस्न नपाएपछि गेटमै मागपत्र टाँसेर फर्किएको थियो ।



