


काठमाडौं । माओवादी केन्द्रका पूर्व उपमहासचिव जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व प्रमुख सचेतक सन्तोष परियार र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक दुर्गा सोबललगायत नेताहरूले मिलेर गठन गरिएको ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ को एकता घोषणासभा भएको छ।


घोषणासभामा नेताहरूले मुलुकमा स्थिर राजनीतिको पूर्वाधार निर्माण, सुशासन, सामाजिक न्याय र समावेशी लोकतन्त्रलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्। नयाँ पार्टीले पुराना राजनीतिक संरचना र कार्यशैलीले जनतामा उत्पन्न गरेको निराशालाई सम्बोधन गर्दै वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने दाबी गरेको छ।

कार्यक्रममा सम्बोधन गर्दै नेतृत्व टोलीले जनताको जीवनस्तर उकास्न आर्थिक रूपान्तरण, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता, युवा सहभागिता तथा स्थानीय तहमार्फत सेवा प्रवाह सुदृढीकरणलाई मुख्य एजेन्डा बनाइने जानकारी दिएको छ।
एकता घोषणासँगै पार्टीले संगठन विस्तार, नीतिगत दस्तावेज तयार गर्ने र आगामी राजनीतिक कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।


