
मानव अधिकार आयोगले समेत बोलेकै भरमा कसैलाई थुन्न पाइँदैन भनेर भनिसकेको बताउँदै ओलीले उनको रिहाइ माग गरेका हुन्।


‘दिउँसो भिडिओ निकाल्यो, बेलुका समात्यो! यो सरकारसँग त्यो भिडिओको जवाफ छ कि छैन? दुर्गा प्रसाईंलाई दिने जवाफ छ कि छैन। म प्रधानमन्त्री र गृहमन्त्रीलाई सोध्न चाहन्छु। एआई त होइन होला,’ ओलीले भने, ‘प्रश्न उठायो, कसैले अनि। भएकै भिडिओ त देखाएको हो नि! यति साह्रो तपाईंहरूको ताउरमाउर थियो, दुनियाँ शोकमा भएको बेला तपाईंहरू त षड्यन्त्रको तानाबाना बुनिरहनुभएको रहेछ।’


ओलीले बोलेबापत आक्रोशित, उत्तेजित भएर मान्छे गिरफ्तार गर्न नहुने पनि बताएका छन्।

‘कसलाई को मन पर्छ कसलाई को मन पर्दैन भन्ने हुँदैन। के मा थुन्ने के मा नथुन्ने भन्ने हुँदैन,’ उनले थपे, ‘भएको भिडिओ बाहिर ल्याउनु अपराध हो? राति राति स्वेच्छाकारी ढंगले के गरेको? बिहान गिरफ्तार गरेको भए के हुन्थ्यो। तमासा गरिरहेको छ यो सरकारले।’


