गायन प्रतियोगितामा ईडेनका श्रीजय प्रथम

 

कार्तिक १७ गते, भक्तपुर/नेसनल प्याव्सन भक्तपुरको आयोजनामा सम्पन्न गायन प्रतियोगितामा इडेन गार्डेनका श्रीजय महत प्थम भएका छन् ।

बिज्ञापन

ऋतम्भरा पाठशाला स्कुलद्वारा आयोजित एकल गायन प्रतियोगितिमा ईडेन गार्डेनका महतले माध्यमिक तहतर्फ र ईडेन गार्डेन स्कुल कै श्रीया न्यौपानेले आधारभूत तहतर्फ प्रथम स्थान हाँसिल गरेका थिए ।

नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम अन्तर्गत ऋतम्भरा पाठशालाले आयोजना गरेको एकल गायन प्रतियोगिताको आधारभूत तहतर्फ द्धितीय स्थान जागृति विद्या सदनकी यूनिशा लामा, तृतीय स्थान क्वालिटी स्कुलकी प्रियान्सू खड्का र सान्त्वना स्थान सेन्ट जोन स्कुलकी अनिशा धमलाले प्राप्त गरेका थिए ।
त्यसै गरी माध्यमिक तहतर्फकाे प्रतियोगितामा मदरल्याण्ड स्कुलकी ईशिका खड्काले द्धितीय स्थान, संस्कार गुरूकूलकी विदूशी ढकालले तृतीय स्थान र विमल मेमोरियल विद्यापीठकी अणु वादीले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका थिए ।

उक्त एकल गायन प्रतियोगिता कार्यक्रमको सभापति ऋतम्भरा पाठशालाकी प्रिन्सिपल जुनु बुढाथोकीले नेसनल प्याव्सनको कार्यक्रम गर्ने जिम्मा पाएकोमा खुशी व्यक्त गर्नु भएको थियो ।
विशिष्ट अतिथि चाँगुनारायण नगरपालिका वडा २ का अध्यक्ष सोम प्रसाद प्रधानले नगरको शिक्षा र स्वास्थको प्रवर्द्धनको लागि नगरपालिका र आफू लागि परेको बताउँदै नेसनल प्याव्सन भक्तपुरले गरेका कार्यक्रमको प्रसंशा गर्नु भयो ।

त्यसैगरी कार्यक्रममा नेसनल प्याव्सन भक्तपुर अध्यक्ष संजय खड्काले ऋतम्भरा पाठशालाले एकल गायन प्रतियोगिता सफलता पूर्वक सम्पन्न गरेकोमा कृतज्ञता व्यक्त गर्दै विजेता विद्यार्थाहरुलाई बधाई दिनु भएको थियो ।
कार्यक्रममा नेसनल प्याव्सन भक्तपुरका पदाधिकारी, सदस्य, विभिन्न स्कुलहरुबाट प्रिन्सिपल, शिक्षक एवं विद्यार्थाहरुको उपस्थिति रहेको जानकारी ऋतम्भरा पाठशालाका सह प्रिन्सिपल एवं कार्यक्रमका संयोजक अनिश केसीले बताउनु भयो ।