



बनेपा । उग्रतारा बहुउद्देश्यीय सहकारी संस्था लि.को २२औं वार्षिक साधारण सभा २०८२ असोज ४ गते सम्पन्न भएको छ। साधारण सभाको उद्घाटन संस्थाका अध्यक्ष पूर्ण प्रसाद पलाञ्चोकेले गर्नुभएको थियो।


कार्यक्रममा संस्थाका सचिव दियेसरत्न शाक्यले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै हाल संस्थामा १,७९१ शेयर सदस्य रहेको र तिनीहरूबाट ६ करोड ६९ लाख ९२ हजार रुपैयाँ शेयर पूँजी संकलन भएको जानकारी दिनुभयो। त्यस्तै संस्थाको कुल बचत ८४ करोड ९ लाख ३१ हजार र कुल ऋण लगानी ६७ करोड ४१ लाख ७३ हजार रहेको उल्लेख गर्नुभयो। उहाँले हालको मन्दीका कारण कारोबारमा असर परेको भए पनि संस्था निरन्तर अघि बढिरहेको जानकारी दिनुभयो। कार्यक्रममा संस्थाका जेष्ठ शेयर सदस्यहरूलाई सम्मान पनि गरिएको थियो।

साधारण सभामा कोषाध्यक्ष लक्ष्मीलाल राजभण्डारीले कोषाध्यक्ष प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक शान्तीराज कायस्थले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने धन्यबाद ज्ञापन उपाध्यक्ष पुष्पकाजी श्रेष्ठले गर्नुभएको थियो।