बनेपा–१२ मा वर्षा पीडितलाई एबिएम स्कुलको सहयोग

बनेपा । बनेपा नगरपालिका–१२, बासडोलका कृष्ण महतको घर गत साउन १९ गतेको अविरल वर्षाका कारण पूर्णरूपमा क्षति पुगेपछि एबिएम स्कुलले पुनर्निर्माणका लागि करिब ४० हजार रुपैयाँ नगद सहयोग प्रदान गरेको छ।

यो सहयोग विद्यार्थी कल्याणकारी परिषद्, एबिएम जुनियर रेड सर्कल तथा विद्यालयका शिक्षक–कर्मचारीहरूको स्वेच्छिक योगदानबाट संकलन गरिएको हो।

बिज्ञापन

सहयोग हस्तान्तरण कार्यक्रम बनेपा–१२ का वडा सदस्य नारायण राउतको संयोजकत्वमा सम्पन्न भएको थियो। कार्यक्रममा समाजसेवी तथा आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष रामकृष्ण आचार्य, मानव अधिकारकर्मी भोजराज तिमल्सिना, विद्यालयका प्रिन्सिपल रामप्रसाद तिमल्सिना, राजन अधिकारी लगायत स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति थियो।

वक्ताहरूले आपत्कालीन अवस्थामा परेका व्यक्तिहरूलाई सहयोग गर्नु समाजको साझा दायित्व भएको बताउँदै एबिएम स्कुल र विद्यार्थीहरूको सामाजिक उत्तरदायित्वप्रति उच्च प्रशंसा गरेका थिए।