पत्रकार बजगाईले पाए राष्ट्रिय रत्न सम्मान–२०८२

 

भक्तपुर । अग्रज सञ्चारकर्मी नवराज बजगाईले राष्ट्रिय रत्न सम्मान पाएका छन । शनिबार सामारी इन्टरनेशनल इभेन्टले भक्तपुर बोडेमा आयोजना गरेको भव्य कार्यक्रममा बजगाईलाई अग्रज पत्रकारको रुपमा राष्ट्रिय रत्न सम्मान–२०८२ प्रदान गरिएको हो ।

बिज्ञापन

कला, साहित्यसँगै सामाजिक सेवा क्षेत्रमा समेत अग्रणी, समर्पित र निःस्वार्थ व्यक्तित्वका रूपमा जिम्मेवार बजगाईले पत्रकारिता, सार्वजनिक सेवा प्रसारण र नेपालको मिडिया परिदृश्यमा सत्य र नैतिक सञ्चारको मूल्यलाई कायम राख्न दुई दशक लामो प्रतिबद्धता सहित जनसञ्चारको रचनात्मक संलग्नता क्षेत्र मार्फत जनमतलाई आकार दिन, नागरिक चेतना जगाउन र लोकतन्त्रलाई सुदृढ पार्न आवाज र कलम मार्फत महत्वपूर्ण योगदान पु¥याएबापत सम्मान गरिएको सामरी इन्टरनेशनल इभेन्टका प्रमुख भरत सामरीले बताए ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य छिरिङ लामा तामाङ, इभेन्टका प्रमुख भरत सामरीलगायतले सम्मान गरेका थिए । प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य, प्रेस चौतारी काभ्रे र अनलाईन मिडिया सञ्जालका सल्लाहकार, पत्रकार महासंघ काभ्रेका पूर्व उपाध्यक्ष, नव क्षितिज साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक र राम्रो सन्देश डट कमका सञ्चालक÷प्रधान सम्पादक रहेका बजगाई काभ्रेमा रहेर सक्रिय पत्रकारिता गरिरहेका छन ।

यसअघि उनले २०८२ साउन १२ गते शनिवार नेपाल पुलीस क्लब, काठमाडौंमा भएको ग्लोबल स्टार अवार्ड–२०२५ तथा दक्ष ईन्टरनेशनल र राज व्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोको आयोजनामा भएको ‘मिसेस ब्युटिफुल नेपाल’ को नवौं तथा मिस ब्युटिफुल नेपालको दशौं संस्करणको ग्राण्ड फिनालेको अवसरमा आयोजित विशेष कार्यक्रममा विषेश सम्मान पाएका थिए । विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय बजगाईलाई पत्रकारिताको माध्यमबाट समाज परिवर्तनमा योगदान पु¥याएबापत सम्मान गरिएको हो । सम्मानका साथै बजगाईले कला, साहित्य र समाजसेवाको क्षेत्रमा समेत योगदान पु¥याएको र शव्द रचनामा पनी उत्कृष्ट रहेको भन्दै ग्लोबल स्टार अवार्ड–२०२५ को तर्फबाट नव क्षितिज साप्ताहिकको रजत गित सुशासनका लागिबाट उत्कृष्ट शव्द रचनाको अवार्ड समेत प्रदान गरिएको थियो ।

उक्त गितको शव्द रचना पत्रकार बजगाईले गरेका थिए । कार्यक्रमका प्रमुख टेकराज पाण्डे, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, वरिष्ठ संगितकार शम्भुजित बाँस्कोटालगायतले सम्मान गरेका थिए । साथै बेस्ट राईटर अवार्ड माननीय चन्द्र भण्डारी, पुर्व मन्त्री दिपेन्द्र श्रेष्ठ, राष्ट्रिय सभा सदस्य बिष्णु कुमारी सापकोटा र कार्यक्रम निर्देशक टेकराज पाण्डे, बरिस्ट कलाकारहरु रमेश उप्रेती, मोहन निरौला, रमेश बुढाथोकीलगायतले अवार्ड प्रदान गरेका थिए ।