



भक्तपुर, साउन १७ – स्वदेशमै स्वरोजगारको सम्भावना देखाउँदै हजारौं युवालाई आत्मनिर्भर बनाउने अभियानमा सक्रिय प्रल्हाद दाहाललाई “राष्ट्रिय रत्न सम्मान तथा अवार्ड २०८२” बाट उत्कृष्ट नागरिक स्वरोजगार अभियान्ता का रूपमा सम्मान गरिएको छ।



समारी इन्टरनेशनल इभेन्टको आयोजनामा भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको सभा हलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य छिरिङ ल्हामु लामाले दाहाललाई सम्मान प्रदान गरेकी हुन्।

काभ्रेको विकट क्षेत्रमा जन्मिएका दाहालले आत्मबल, श्रम र अठोटको बलमा अटो व्यवसायमार्फत सयौं युवालाई स्वरोजगारमा जोड्दै जीवन परिवर्तन गर्न सफल भएका छन्। उनले “नेपालमै सम्भावना छ” भन्ने अभियानमार्फत युवाहरुलाई देशमै अवसर खोज्न र निर्माण गर्न प्रेरित गर्दै आएका छन्।
उनको नेतृत्वमा सञ्चालन भएका कार्यक्रमहरूले न केवल युवाहरुलाई रोजगार उपलब्ध गराएका छन्, तर सर्वसाधारण नागरिकको दैनन्दिन जीवनसमेत सहज बनाएको छ। दाहाल सामाजिक उत्तरदायित्वप्रति समर्पित, इमानदार र उद्यमशील व्यक्तित्वका रूपमा स्थापित छन्, जसले स्थानीय स्तरमा सुरु भएको स्वरोजगार अभियानलाई राष्ट्रिय अभियानमा रूपान्तरण गरेका छन्।
उनको यसै अद्वितीय योगदानको कदरस्वरूप उनलाई यस वर्षको राष्ट्रिय रत्न अवार्ड प्रदान गरिएको हो। उनी आजको पुस्ताका लागि आदर्श र प्रेरणाका स्रोतका रूपमा चिनिँदै गएका छन्।