



भुम्लु गाउँपालिका वडा नम्बर ८ स्थित पौवा भित्री सडक खण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा २३ जना यात्रु घाइते भएका छन्। रामेछापको डोरम्बाबाट काठमाडौंतर्फ गइरहेको बा ३ ख ८४०८ नम्बरको बस साढे १२ बजे ब्रेक फेल भएर सडकको पर्खालमा ठोक्किएको हो।



बसमा ३२ जना यात्रु सवार थिए। दुर्घटनामा २३ जना यात्रु घाइते भएका छन् भने बस घटनास्थलमै अड्किएको छ। घाइते सबैलाई तत्काल उद्धार गरी धुलिखेल अस्पतालमा उपचारको लागि पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता माधव बुढाथोकीले जानकारी दिनुभयो।

बसका चालकलाई प्रहरीले दोलालघाट प्रहरी चौकीको नियन्त्रणमा लिएको छ।
घाइतेहरूको विवरण यसप्रकार छ:
१. भिमबहादुर मगर (४६), रामेछाप – मुख र घोडामा चोट, अवस्था मध्यम
२. नम्बरसिंह तामाङ (४४), दोरम्बा-७ – मुख र घाँटीमा चोट, अवस्था मध्यम
३. फुलमाया तामाङ (४६), दोरम्बा-४ – टाउकोमा चोट, अवस्था मध्यम
४. रामबहादुर चापागाईं (३०), काभ्रे – कम्मरमा भित्री चोट, अवस्था मध्यम
५. मिनबहादुर बिक (४५), भुम्लु-५ – आँखा र कुममा चोट, अवस्था मध्यम
६. भुवन थापा मगर (२८), दोरम्बा-७ – ओठमा चोट, सामान्य
७. कमल सुनार (३५), गोरखा – छातीमा चोट, अवस्था मध्यम
८. सुबास तामाङ (२६), काभ्रे – छातीमा चोट, अवस्था मध्यम
९. निर्मला खत्री (४४), भुम्लु-५ – देब्रे हातमा चोट, सामान्य
१०. सरोज रसाइली (२१), चौरिदेउराली-९ – देब्रे हातमा चोट, सामान्य
११. राम गौतम (२६), भुम्लु – छाती र गालामा चोट, अवस्था मध्यम
१२. सरोज बिक (२१), भुम्लु-४ – टाउको र खुट्टामा चोट, अवस्था मध्यम
१३. दोर्जे लामा (७८), भुम्लु-३ – छातीमा भित्री चोट, अवस्था मध्यम
१४. प्रकाश गौतम (१७), भुम्लु-३ – छातीमा चोट, सामान्य
१५. असलमान तामाङ (५९), दोरम्बा-७ – पेट दुखाई, सामान्य
१६. सुकलाल लामा (६४), भुम्लु – छाती र घोडामा चोट, अवस्था मध्यम
१७. शेरबहादुर तामाङ (४५), भुम्लु – पेट दुखाई, सामान्य
१८. ताराबहादुर श्रेष्ठ (४०), भुम्लु-४ – मुखमा चोट, सामान्य
१९. दिव्या थापा मगर (१५), दोरम्बा-७ – दाँतमा चोट, सामान्य
२०. चेतबहादुर श्रेष्ठ (५१), भुम्लु-४ – कम्मर दुखाई, अवस्था मध्यम
२१. माइली तामाङ (५८), चौरिदेउराली-३ – छातीमा भित्री चोट, सामान्य
२२. मैया बुढाथोकी (६४), भुम्लु-५ – टाउको र हातमा चोट, अवस्था मध्यम
२३. जनक रिजाल (४१), भुम्लु-५ – कम्मर दुखाई, अवस्था मध्यम
प्रहरीका अनुसार दुर्घटनाको थप अनुसन्धान भइरहेको छ। घाइतेको अवस्था सामान्यदेखि मध्यम छ, गम्भीर अवस्था नरहेको काभ्रे प्रहरीले जनाएको छ।