



काभ्रे । काभ्रे जिल्लाकै उत्कृष्ठ विद्यालयमा पर्ने ज्ञानकुञ्ज विद्यालयमा पाँचौं ज्ञानकुञ्ज रोड रेस २०८२ हुने भएको छ । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बनेपाद्वारा आयोजित ‘पाँचौं ज्ञानकुञ्ज रोड रेस २०८२’ जेठ ३१ गते हुने पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराएको छ ।
नेपालमै पहिलो पटक एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरुबिच स्वस्थ्य प्रतिस्पर्धा गराउने उद्देश्यले पहिलो, दोस्रो, तेस्रो,चौथो सम्पन्न गरि अब पाँचौं ज्ञानकुन्ज रोडरेस–२०८२ आयोजना गर्न लागेको प्रबन्ध निर्देशक प्रताप वैद्यले जानकारी दिए । यस पटक २ सय ५० देखि ३ सय सहभागि गराउने लक्ष्य लिएको उनले जानकारी दिए । खेलमा सहभागि हुन दर्ता शुल्क १ सय रुपैया लाग्ने उनले बताए ।
हामीले दौडमा सहभागि हुनेहरुलाई टिर्सट र एक लाखको बिमा गर्ने समेत व्यवस्था गरेको उनले जानकारी दिए । यस दौड खेलका करीब ६ लाख रुपैया खर्च हुने अनुमान गरिएको प्रबन्ध निर्देशक प्रताप वैद्यले जानकारी दिए । पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यले पहिलो उद्देश्य विद्यार्थीहरुविच प्रतिस्पर्धा गराई भोलिको दिनमा जुनसुकै क्षेत्रमा पनि कुशल नेतृत्व स्थापित गर्न सक्नुरहेको छ ।
त्यस्तै, एस.इ.इ.को तयारीको लागि कडा अनुशासन भित्र पठनपाठन गरि एस.इ.इ. लगत्तै फ्रि समयमा अनावश्यक कुलतमातथा गलत बाटोमा हिड्न सक्ने भएकाले उनीहरुलाई खेलकुद मार्फत सही बाटो र अनुशासनमा राख्नको लागि पाँचौं ज्ञानकुञ्ज रोडरेसको आयोजना गर्न लागेको प्रतिष्ठानका अध्यक्ष वैद्यले जानकारी दिए । हामीलाई विश्वास छ खेलकुदले अनुशासन सिकाउँछ अनुशासनले जीवन जिउने कला सिकाउछ अध्यक्ष वद्यैले भने, त्यस्तै अनुरुप हामीले यस खेलको आयोजना गरेको उनले बताए ।
प्रतियोगितामा सहभागी हुन २०८१ को एस.इ.इ. परीक्षा दिएको प्रवेशपत्रको प्रमाणित प्रतिलिपि र हालसालै खिचेको फोटो सहित नाम २०८२ जेठ २९ गतेभित्र दर्ता गरिसक्नु पर्ने वैद्यले बताए । यही जेठ ३१ गते शनिवार विहान ६ बजेदेखि रोडरेस सुरु हुनेछ । रोडरेसमा छात्रा÷छात्र दुवै विधा समावेश गरिएको छ । छात्राहरुको रोडरेस ३ किलोमिटरको रहने छ भने छात्रको ७.५ किलोमिटरको हुने छ ।
प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार रहेको आयोजकले जनाएको छ । कार्यक्रममा प्रतिष्ठानका संचालक आत्माराम थापा, क्याम्पस प्रमुख नवराज चौलगाई, इलाका प्रहरी कार्यालय बनेपा र ट्राफिक प्रहरी कार्यालयको प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
नैतिक, व्यावहारिक तथा व्यवसायिक शिक्षाको लागि ज्ञानकुञ्ज भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै विगत २३ वर्षदेखि काभ्रेको व्यापारिक तथा सांस्कृतिक नगरी बनेपामा शैक्षिक प्रतिष्ठानले शिक्षाको क्षेत्रमा सेवा प्रदान गर्दै एक सस्था हो ।