लायन्स क्लबका पूर्व डिष्ट्रिक्ट गभर्नर तथा सामाजिक अभियन्ता लायन राजन लम्सालले लायन्स क्लब इन्टरनेशनलको अन्तर्राष्ट्रिय निर्देशक पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
नेपालमा लायनिज्मको विकास र विस्तारमा उल्लेखनीय योगदान पुर्याएका लम्सालले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान स्थापित गर्न संकल्प व्यक्त गर्दे भोली शनिबार काठमाण्डौमा हुने निर्वाचनमा उम्द्धवारी दिने भएका हुन ।
लम्सालको उमेद्वारी लायनिजमको नयाँ अध्याय र नेपाली सेवाभावको अन्तर्राष्ट्रिय आवाज भएका उनी खारिएको अनुभव, स्पष्ट दृष्टिकोण र समर्पण सहितको नेतृत्वले नेपाली लायन अभियानमा परियोजना भित्र्याउने, प्रभाव विस्तार गर्ने र संस्थागत समृद्धिमा टेवा पुर्याउने सबैले बिश्वास राखेका छन् ।
देश भरका लायन्स कल्बमा आवद्ध ५० हजार बढि लायन कर्मिहरु मध्ये निर्वाचनमा करिब २५ सयले मतदान गर्ने छन् । लम्सालले तिन दशक देखी सामाजिक सेवामा पूर्ण रूपले समर्पित हुने प्रण गर्दे सहयोगी हातहरू’ नामक संस्था स्थापना समेत गरेका छन् ।
सन् २०१०–११ मा डिष्ट्रिक्ट गभर्नर बन्दा उनले ६५ नयाँ क्लब स्थापना गरी लायन इतिहासमै कीर्तिमान राखेका उनले मल्टिपल काउन्सिल चियरपर्सन, एसएफएमडी चेयरपर्सन, जीएलटी र जीएमटी को–अर्डिनेटर जस्ता विभिन्न जिम्मेवारीमा सक्रिय रहँदै नेपाली लायन बादलाई सफल बनाउन ठूलो योग्दान खेलेका छन्।
लायन वर्ष २०२२–२५ का लागि एलसीआईएफ एरिया लिडर को रूपमा तीन वर्ष नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गरेका लम्सालले नेपालमा बिभिन्न परियोजना मार्फत लाखौ अमेरीकी डलर बिदेश बाट स्वदेशमा भित्रीयाई शिक्षा, स्वास्थ, पर्यटन प्रर्बद्धनका लागी सहयोग गर्दे मुलुकमा आईपर्ने बिश्म परिस्थीतिमा वा भुई मानिसको दुखमा मलम पटिको लागी अग्रपंतिमा उभिने र देखिने लम्साल भएको लायनबादहरुको बिश्वास छ । स्वास्थ्य शिविर, शैक्षिक परियोजना, विपद् व्यवस्थापनदेखि लिएर अन्तर्राष्ट्रिय समन्वयसम्मका कार्यक्रमहरू प्रभावकारी रूपमा सम्पन्न गर्दे उनको नेतृत्वलाई केवल पद होइन—प्रभाव, पहुँच र परिणामको संयोजनको रूपमा स्थापित भएको दावी गर्दे उनले नेपाली मौलिक कला, संस्कृति, लोकगीत र भजनको संरक्षणका साथै राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको स्थापना आफ्नै पहलमा गरेका थिए ।
लायनिजमलाई नेपाली समाजमा गहिरो जरा गाड्न सफल लम्साल लायन्स इन्टरनेशनलको निर्देशक पदका लागि ईन्डोर्सी पदको उम्मेदवारको रूपमा प्रस्तुत होइन यो त्याग, समर्पण र सृजनशीलताको एउटा सशक्त दस्तावेज भएको लायन अभियान्ताहरुको भनाई छ ।
परिवारमै लायन नेतृत्वको ऐतिहासिक जोडी लायन इन्दु लम्साल उनकी धर्मपत्नी पनि डिष्ट्रिक्ट गभर्नरको पदमा पुगेर इतिहास बनाएकी छन्। नेपाली लायन इतिहासमा पति–पत्नी दुवै गभर्नर बन्ने यो पहिलो उदाहरण हो । सेवा र नेतृत्वको यो संगम परिवार बाटै देखिने लायन लम्सालको यात्रा केवल पद प्राप्तिको होइन नेपाली लायन आन्दोलनको पहिचान, प्रतिबद्धता र प्रगतिप्रतिको जीवित दस्तावेजे र दृष्टिकोण निर्माण गर्ने अभियन्ता रहेको लायनबाद हरुको बिश्वास छ ।