काठमाडौँ । अभिनेत्री दिव्या रायमाझी ‘राम नाम सत्य’मा अनुबन्धित भएकी छन् ।
उक्त फिल्ममा उनले बिराज भट्ट र सुशील श्रेष्ठसँग स्क्रिन सेयर गर्नेछिन् । माइकल चन्दको निर्देशन रहने फिल्म अभिनयका लागि उनले आइतबार कागजी सम्झौता गरेकी हुन् ।
फिल्ममा यसअघि नै भट्ट र श्रेष्ठ फाइनल भइसकेका हुन् । भट्ट र श्रेष्ठसँग काम गर्न पाउँदा आफू उत्साहित रहेको दिव्याको भनाइ छ ।
फिल्मलाई एक्सन, पारिवारिक, प्रेम र सस्पेन्स कथामा निर्माण गर्न लागिएको छ भने फिल्मको छायांकन साउनबाट सुरु हुने बताइएको छ ।