काभ्रेपलान्चोक – बनेपाको चाँदनिचोकमा रहेको द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनले अब मेलुङ थकाली खाना खुवाउने भएको छ।
काठमाडौंको मेलुङ थकाली खाना अब काभ्रेको बनेपा चाँदनिचोकमा रहेको द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनमा मेलुङ थाकाली खाना पाईने भएको हो।
सफा अनि चिटिक्कको डेकोरेसन र परिवार सहित खाना खाने ब्यबस्थापन गरेको काभ्रे, बनेपाको चाँदनिचोकमा रहेको द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनले मेलुङ थकाली किचनको सुरुवात गरेको हो ।
थकाली खाना तथा स्वस्थ भोजन र परिकारहरु सस्तो अनि चलिआएको दरमा २० प्रतिशात छुट सहित खुवाउने ब्यबस्थापन गरेको छ। “जथाभावी खानेकुरा खाने बानिले हामी फोहोर तथा दुषित खानेकुरा खाईरहेका हुन्छौं, जस्ले स्वास्थमा प्रतिकुल असर पर्नसक्छ।
द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनले मेलुङ थकाली सफा तरिकाले बनाउने खाना, मेलुङ थकालीको स्वाद अनि चिटिक्कको बस्ने ब्यबस्था देख्दा खानाको दर बढी होला भन्ने सबैले सोच्नु होला तर स्वस्थ खाना साधारण चलिआएको दरमै खुवाउने हामिले तयारी गरेका छौँ” द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनका प्रोपाईटर कृष्ण लामाले भन्नुभयो।
द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनका सञ्चालक कृष्ण लामा आफूहरुले मौलिक थकाली थालीमा हुने सबै परिकार पस्किरहेका बताउँछन् । ‘हामीले थकालीको नाम होइन, स्वाद पस्केका छौं,’ उनी भन्छन्, ‘यहाँको खानाले ग्राहक सन्तुष्ट छन्।’
”स्वस्थ भोजन अब परिवारका साथ” भन्ने कुरालाई बिशेष मध्यनजर गर्दै हामिले परिवारका साथ खाना खाने व्यवस्थापनलाई पनि बिशेष जोड दिएका छौँ” उहाँले भन्नुभयो।
यहाँ भेज, ननभेज दुवैथरी खाना पाइन्छ । भेज थालीमा दाल, भात, तरकारी, साग, गुन्द्रुक, अचार, दही, आलु, करेला आदि समावेश हुन्छ । मासुजन्य परिकारमा कुखुराको मासु, खसीको मासु, माछा, बँदेल छन् ।
यहाँको सुन्दर डेकोरेसन तथा सस्तो र सरल दरमा खुवाईने भोजनले झनै निकै राम्रो प्रभाव पार्न सक्ने देखिन्छ। परिवारका साथ स्वस्थ अनि सफा स्थानमा बस्दै स्वस्थ भोजन गर्न आजको समयमा मानिसहरुको रुचिको विषय पनि भएकाले द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन जस्ता भोजनालयको आवस्यकता झल्किएको प्रोपाईटर अर्जुन लामाले बताउनु भयो।