खानिखोला गाउँपालिका केन्द्र तालढुङ्गामा जनस्वास्थ्य कार्यालय काभ्रेले २ दुई दिने बृहत स्वास्थ्य शिविर गरेको छ।
स्वास्थ्य शिविर उदघाटन गर्दै प्रमुख अतिथि खानिखोला गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ( छिन्ताङ) ले बिकास पुर्वाधार हिसाबले विकटताले गर्दा स्वास्थ्य शिविर आयोजना गर्नु भएकोमा जनस्वास्थ्य कार्यालय काभ्रेलाई धन्यवाद व्यक्त गरेका छन ।
जनस्वास्थ्य कार्यलय प्रती आभार प्रकट गर्दै सामाजिक विकास संयोजक वडा न: ४ का अध्यक्ष निशान मोक्तानले जनताको स्वास्थ्यलाई मध्यनजर गरि उतरदायी भएर यो शिविर संचालन गरेको बताए ।
स्थानीयहरुको स्वास्थ्य समस्याको पहिचान गरि समाधान हुने विश्वासका साथ यो शिविर संचालन भएको व्यक्त गर्दै गाउँपालिकाले समन्वय र सहकार्य गर्ने प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले बताए ।
गाउँपालिकाको समन्वयमा भौगोलिक विकट मानिने डाडाँपारी क्षेत्र ताल्ढुङ्गामा विभिन्न बिद्याको विशेषज्ञ चिकित्सक सहित शिविर आयोजना गरेको हो ।
एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवद्धधन अभियान अन्तरगत विकट क्षेत्रमा यो सेवा दिने उद्देश्यले शिविर संचालन गरिएको जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागीश्री कक्षपति क्षेष्ठले बताइन ।
जेठ ८ र ९ गते चल्ने शिविरमा चिकित्सक हाडजोर्नी ,नाक, कान, घाटी , आँखा ,दात,स्त्री रोग,प्रसुती छाला रोग सम्बन्धि चिकित्सकले स्वास्थ्य परिक्षण गरि उपचार र परामर्श सेवा प्रदान गरि निशुल्क औषधि वितरण गरिएको कार्यक्रम संयोजक तथा जनस्वास्थ्य कार्यालय काभ्रे परिवार नियोजन अधिकृत पधराज कैनिले जानकारी दिए ।
विभिन्न विद्याको डाक्टरहरुले शिविरमा सेवा दिएका खानिखोला गाउँपालिका स्वास्थ्य शाखा निमित्त प्रमुख दुतराज थापा मगर सहित ताल्ढुङ्गाका स्वास्थ्य कर्मिहरुको टोलीले सेवा दिएका छन् ।
गाउँमा नै सेवा लिन पाउँदा स्थानीयहरुले खुसी व्यक्त गरेका छन् । दुई दिनमा ४५८ जनाले निशुल्क स्वास्थ्य परिक्षण औषधि र सेवा लिएका थिए ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly