काभ्रेपलान्चोक – ८० साल ८ महिना १९ गते एका बिहानै एक जना ३० वर्षको युवा आर्शु स्मृति प्रतिष्ठानको कार्यालयमा आइपुग्छ्न ।

उनको हातमा मण्डनदेउपुर नगरपालिका वडा नं. १० ले आर्शु स्मृति
प्रतिष्ठानलाई लेखिएको पत्र भेटिन्छ । उनले आर्शु स्मृति प्रतिष्ठानको संरक्षक तथा निर्देशक रुपेश काफ्लेलाई त्यो पत्र दिन्छन् ।

पत्रमा लेखियको हुन्छ सिताराम श्रेष्ठले सिफारिस पाउ भनी वडामा दिएको निवेदन अनुसार मन्डनदेउपुर नगरपालिका वडा नं. १० बस्ने सिताराम श्रेष्ठ उहाँको श्रीमती सरिता श्रेष्ठले सात महिना मै एक बच्चा लाई जन्म दिएको, बच्चालाई आ.ई.सि.यु मा राखी उपचार गराएको र उहाँको परिवारको आर्थिक अवस्था निकै कम्जोर भएको कारण सहयोगको लागि आर्शु स्मृति प्रतिष्ठानलाई लेखिएको हुन्छ ।

सिताराम श्रेष्ठ आउन साथ आर्शु स्मृति प्रतिष्ठानको टोलि आवश्यक कागजात सहित धुलिखेल अस्पताल पुग्छ । सबैको हात, आर्शु स्मृतिको साथ भने झै मंसिर ४ गते धुलिखेल अस्पतालमा ७ महिनाको समयमा बच्चा जन्मिएकोमा, बच्चालाई ICU मा राखि उपचार गर्नु पर्ने तर आफ्नो आर्थिक स्थिती कम्जोर भएको कारण आर्शु स्मृति प्रतिष्ठान आए पछि धुलिखेल अस्पतालसंग आर्शु स्मृति प्रतिष्ठानको समन्वय पछि सम्पुर्ण उपचार निशुल्क भएको छ ।

आज ३४ औ दिनको ICU बसाइ पछि नवजात शिशु लाई Ward मा सारिएको छ । हाम्रो टिमको तर्फबाट पनि नवजात शिशु लाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।धुलिखेल अस्पतालमा उपचार गर्दा लाग्ने सम्पुर्ण औषधि उपचार निशुल्क हुने गरि उपचार सुरु गराइएको आर्शु स्मृति प्रतिष्ठानको संरक्षक, समाजसेवी राजन अधिकारीले बताउनु भयो ।

 

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly