बनेपा महोत्सवमा आज राजनराज शिवाकोटी, एन्जिला रेग्मी लगायतका कलाकार आउदै

२५ असोज बनेपा / बनेपा महोत्सव २०८० मा आज चर्चित गायक राजनराज शिवाकोटी र गायिका एन्जिला रेग्मी लगायतका कलाकारहरुको प्रस्तुती रहने भएको छ ।

बनेपाको उग्रेश्वर मन्दिरको प्राङ्गणमा जारी बनेपा महोत्सव २०८० चौथो संस्करणमा आज सातौं दिन बिहीवार युवाहरुमाझ लोकप्रिय गायक राजनराज शिवाकोटी , एन्जिला रेग्मी , विक्रम सुवाल, रिता के सी, मदन बिष्ट, मुना रोक्का, रमेश श्रेष्ठ लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजक बनेपा ब्वाइज क्लब (बीबीसी) का अध्यक्ष महेश कुमार कर्माचार्यले जानकारी दिएका छन ।साथै सुशिल डान्स स्टुडियोको बेजोड प्रस्तुती रहने कर्माचार्यले बताए ।

बिज्ञापन

असोज १९ गतेबाट सुरु भएको महोत्सव कार्त्तिक ४ गतेसम्म संचालन हुनेछ ।