काभ्रेपलान्चोक –  भैंसी प्रबर्द्धन गर्नकालागी लागत साझेदारी ६०/ ४० रहने गरेर काभ्रेको मण्डन देउपुर नगरपालिकाले किसानलाई पाडी वितरण गरेको छ । पाडी वितरणसँगै पाडीलाई खुवाउन पोषणका लागि उन्नत जातको घाँस समेत वितरण गरेको हो ।नगर प्रमुख टोकबहादुर वाइवाको प्रमुख आतिथ्यतामा मण्डनदेउपुरको ७, ८ र ९ नंम्बर बडाका ५० जना पशुपालक किसानलाई पाडी वितरण गरेको हो ।पाडी वितरण गर्दै मेयर वाइवाले जनताको सेवामा निरन्तर आफूले काम गरिरहेको बताउँदै अरु वडामा समेत क्रमिक रुपमा पाडी वितरण गर्ने बताउनुभयो ।प्रशासकिय अधिकृत प्रणराज न्यौपानेले पाडीसँगै औषधि समेत वितरण गरेको भन्नुभयो । पाडी वितरणसँगै स्थानीयले जनम्ुखी काम गरेको भन्दै नगरपालिकाको प्रशंसा गरेका छन् । काभ्रे हेडलाइन बाट

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..