काभ्रेपलान्चोक – जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाले चारदोबाटोमा सवारी चालक, सहचालक र यात्रुहरुको स्वास्थ्य परीक्षण तथा मास्क वितरण गरेको छ ।
ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत चालकको स्वास्थ्य अवस्थाबाट हुने सवारी दुर्घटना न्युनिकरण गर्नका लागी स्वास्थ्य परीक्षण तथा मास्क वितरण गरिएको हो । चालक, सहचालक तथा पैदल यात्रुको निःशुल्क स्वास्थ्य चेकजाँच तथा स्वास्थ्य परामर्शका साथै कोभिड-१९ बाट जोगिन मास्क वितरण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रमिला श्रेष्ठले काभ्रे प्रेस लाई जानकारी दिनु भयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय काभ्रे, इलाका प्रहरी कार्यालय बनेपा र बनेपा हेल्थ केयरसँग मिलेर स्वास्थ्य परीक्षण तथा मास्क वितरण गरेको हो ।