मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता दिगो फाइदा हुने नयाँ काम प्रारम्भ गर्न सकिनेछ । आफन्तसँग भेट घाट हुनेछ । प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । सामाजिक र राजनैतिक कार्यमा पनि सफलता मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो हप्तामा दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ । शेयर बजारको लगानी बाट दीर्घकालीन फाइदा हुनेछ । मध्य सातामा केही महत्त्वपूर्ण कार्यमा उल्झन र स्वास्थ्यमा समस्या आउन सक्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता नयाँ वस्त्र या उपहार पाइनेछ । रमणीय र सुखद् यात्राको योग छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्राविधिक कार्यबाट सफलता मिल्नेछ । आर्थिक तथा सेयर कारोबारमा पनि राम्रै लाभ हुनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता दाजुभाइ तथा साझेदारहरू सँग मिलेर गरिने पेशा व्यवसायबाट भनेजस्तो रुपैयाँ पैसा कमाउन सकिएला । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । पढाई लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिने तथा न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको दिन रहनेछ । धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुन सक्छ । साताको मध्यमा पुँजी बजारमा नोक्सानी हुन सक्छ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आउने पनि देखिन्छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साता नयाँ नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । विहिवारबाट बोलीको विपरीत अर्थ लाग्न सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
साताको सुरुका दिनमा नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । स्वास्थ्यको क्षेत्रमा पनि प्रतिकूल हुने देखिन्छ । मध्य साताबाट गरेको कार्यमा सफलता पाइएला । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो साता पारिवारिक माहोल तथा माङ्गलिक कार्यमा सहभागि भइनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । अतिथिको रूपमा सत्कार पनि पाइनेछ । शेयर बजारको लगानीबाट भने राम्रै लाभ हुनेछ । साताको अन्त्यमा अनावश्यक यात्रा हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुने देखिन्छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साता धर्म कर्म तथा समाजसेवामा मन लाग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रोकिएको धन पाइन सक्छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । मध्य सातामा स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो हप्ता नयाँ कार्यको थालनी होला । अभिभावकको सुझावले उचाइमा पुर्याउन सहयोग गर्नेछ । शुभ कार्यमा सरिक भइनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । शेयर बजारले पनि साथ दिनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो हप्ता विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ । मध्य साताबाट शुभ कार्यको योग छ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ । भौतिक सुख पनि मिल्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो साता लाभहानी, सुख दुःख बराबरी मध्यम खालको दिन रहनेछ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । मङ्गलबारबाट शुभ समाचार सुन्न पाइने र शुभकार्यको चर्चा चल्नेछ । पुँजी बजारको लगानी भने त्यति लाभदायक नहोला ।

तपाईको प्रतिक्रिया

तपाईंको सानो सहयोगले कसैको जीवन बाच्न सक्छ त्यसै सकेको सहयोग गर्दिनुहोस …. #सहयोगको #अपिल #sahayog #Bhojpur #sangita #Karki #kavrepalanchok #report #interview सक्नु हुन्छ भने सहयोग गर्दिनुहोस यदि सक्नु हुन्न भने धेरै भन्दा धेरै भिडियो लाई सियेर गरेर सहयोग गर्दिनुहोस । भोजपुर जिल्लाको संगिता कार्की घाँस काट्ने क्रममा रुख बाट लढेर उपचारको लागि काभ्रे जिल्लाको बनेपा स्पाइनल इन्जुरी अस्पताल भैसेपाटीमा हुनुहुन्छ । उहाँको आर्थिक अवस्था निकै कमजोर भएको हुनाले सबैले सकेको सहयोग गरिदिनु होला ।