काभ्रेपलान्चोक – भुम्लु गाउँपालिका अन्तर्गत रहेको सल्ले भुम्लु स्वास्थ्य चौकी वडा नम्बर ५ मा अल्ट्रासाउण्ड मेशिन गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले स्वास्थ्य चौकी इन्चार्ज कल्पना तामाङलाई हस्तान्तरण गर्नु भएको छ ।

गाउँपालिकामा पहिलो पटक उक्त अल्ट्रासाउण्ड मेशिन राखिएको र गाउँपालिका भित्रका गर्भवती महिलाहरुको स्वास्थ्य परिक्षणमा सहज हुने विश्वास लिएको कुँवरले बताउनु भयो ।

कार्यक्रममा गाँउपालिकका कार्यकारी अधिकृत ढाकाराम अर्याल, स्वास्थ्य शाखा प्रमुख सुदर्शन भट्टराई, ७ नम्बर वडा अध्यक्ष रमेशराज खरेल, स्वास्थ्य इन्चार्ज लगाएतको सहभागिता रहेको थियो ।

मेशिन हस्तान्तरण पछि तुरुन्तै गर्भवती महिलाको स्वास्थ्य परिक्षण गरिएको थियो । स्वास्थ्य शाखा प्रमुख सुदर्शन भट्टराईले गाउँपालिकाको १० वटै वडामा स्वास्थ्यचौकी मार्फत गर्भवती महिलाहरुको स्वास्थ्य परिक्षण गरिने बताउनु भयो । 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..