काभ्रेपलान्चोक – कोशीपुर्व एकता समाजको दोस्रो भेला सम्पन्न भएको छ । समाजका अध्यक्ष तोरण प्रसाद गौतमको सभापतित्वमा गरिएको भेलामा पूर्व प्रभा बहुमुखी क्याम्पसका प्रमुख चुडा प्रसाद चौलागाईं प्रमुख अतिथि थिए । भेलाबाट कोशी पुर्वका मानिसहरुको हकहित अधिकारका लागि एकजुट भएर जाने र विभिन्न सामाजिक कार्य गर्ने लगायतका विभिन्न निर्णय गरिएको छ ।

कोशी पुर्वका मानिसको हकहित अधिकार र सामाजिक कार्य गर्नका लागि कोशी पुर्व एकता समाज गठन भएको थियो । गौतमको अध्यक्षतामा गत वर्ष समाजको कार्य समिति गठन गरिएको थियो । समितिले कोशि पुर्व बाट आएर जिल्ला भर बसोबास गरेकाहरु लाई समेटेर काभ्रे जिल्लाको पञ्चकन्या पार्टी प्यालेसमा भेला गरी कार्यक्रम गरेको थियो ।

कोशी पुर्वका सबै मानिसहरुको हक अधिकारका लागि एकजुट हुने, कमजोर अवस्थाका घर परिवारलाई सहयोग गर्ने र सामाजिक कार्यमा सहयोग गर्न लगायतका उद्देश्य राखेर समाज गठन गरिएको अध्यक्ष तोरण प्रसाद गौतमले बताए ।

भेलाका प्रमुख अतिथि चौलागाईंले समाज गठन गरी एकता हुनु राम्रो भएको उल्लेख गर्दै समाजलाई आफूले सहयोग गर्ने बताए । समाजका सदस्य सचिव धर्म प्रसाद चौलागाईंले कार्यक्रम सञ्चालन गरेको थिए । 

भेलाले फेरि पनि अध्यक्षमा तोरण प्रसाद गौतम लाई चयन गरेको छ भने उपाध्यक्षमा गिता कुँवर , सचीवमा डिल बहादुर भुजेल, कोषाध्यक्षमा शिव प्रसाद ढुंगेल, सदस्यहरुमा करि प्रसाद चौलागाईं, कृष्ण प्रसाद चौलागाईं, रामचन्द्र भट्टराई, नरहरी चौलागाईं र तारा खरेल चयन गरेको छ ।

उक्त कार्यक्रममा २२ जना आजीवन सदस्यहरु लाई सम्मान गरि प्रमाणपत्र समेत प्रदान गरिएको सदस्य सचिव धर्म प्रसाद चौलागाईंले बताए ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..