
ललितपुरको महालक्ष्मी नगरपालिका ८ स्थित लुभुमा भएको दुई जनाको हत्या अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीलाई उपत्यका प्रहरी कार्यालयले पुरस्कार प्रदान गरेको छ ।

पुरस्कृत हुनेमा उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत डीएसपी पञ्चलाल गोले र वेद पौडेल छन् । पौडेल उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुर शाखामा कार्यरत छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर शिव थापालाई पनि उपत्यका प्रहरी कार्यालय पुरस्कृत गरेको छ ।
बिज्ञापन

अनुसन्धानमा संलग्न अन्य ४ जनालाई चाहिँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पुरस्कृत गरेको छ । सिनियर अधिकृत ३ जना र जुनियर सहित ७ जनलाई पुरस्कृत गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) प्रवीण धितालले बताए । उनले भने, ‘हाम्रो कार्यालयबाट ३ जना र उपत्यका अपराध अनुसन्धान कार्यालयबाट ४ जनालाई पुरस्कृत गरिएको छ ।’




