काभ्रे एकेडेमी अफ टुरिजम एण्ड हाेटल म्यानेजमेन्ट र सुपरनाेभा तालिम केन्द्रले संयुक्तरूपमा संचालन गरेको तालिमको आज एक कार्यक्रम विच प्रमाणपत्र बितरण गरिएकाे छ ।
कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा आदर्श बिधा मन्दिर (एविएम)का प्राचार्य राम प्रसाद तिमल्सिना उपस्थित रहेको थियाे ।त्यसै गरि अतिथिहरूमा बनेपा नगर वडा न ७ का महिला वडा सदस्य एवं व्युटिसिएन संचालक प्रशिक्षक रामेश्वरि मानन्धर ,डिस्कभरि एजुकेसन का संचालक सुमन गौतम,बरिस्ठ सेफ ज्ञान बहादुर लामा,सेफ विजय घिमिरे,झझल्को क्याफेका संचालक एवं सेफ नकुल धिताल,प्रेम बहादुर भाेलन लगायतकाे उपस्थिति रहेकाे कार्यक्रममा आश्विन महिनामा संचालित कुक,वेटर,बारिस्ता लगायत काे सीप काे ६५ जना लाई प्रमाणपत्र वितरण गरिएको थियाे ।
त्यसैगरि कार्तिक महिनामा संचालित कुक,वेटर,बारिस्ता लगायत काे सीप काे प्रमाणपत्र दिउँसो काे कार्यक्रममा प्रमुख अतिथि युवा परिषद् काभ्रे का अध्यक्ष एव धुलिखेल क्याम्पसका प्राेफेसर प्रकाश राेक्काले वितरण गर्नु भएकाे थियाे । संगै भएकाे अर्को कार्यक्रम सेलरोटी बनाउने र तिहार मनाउने कार्यक्रम सिदार्थ वनस्थली पनौति का हाेटल व्यवस्थापन अध्यनरत छात्र छात्राले सेलरोटी लगायतका परिकार वनायर अतिथि पाहुनाहरू लाई पस्केका थिए ।
कार्यक्रम संचालन एवं व्यवस्थापन सेफ माेहन गजुरेल ले गर्नु भएकाे थियाे ।