काभ्रेपलान्चोक – बनेपा ब्वाइज क्लब (बीबीसी) को आयोजनामा यही असोज १९ गते देखि कार्त्तिक ४ गते सम्म उग्रेश्वर मन्दिरको प्राङ्गणमा हुन गइरहेको ‘बनेपा महोत्सव–२०८०’ को तयारी तिब्र गतिमा भईरहेको छ ।

महोत्सव शुरु हुन ३ दिन बाँकी रहँदा महोत्सवका लागि गेट तथा स्टल निर्माणको काम, बाल उद्यान तथा खेल सामाग्री निर्माणको कार्य ,आन्तरिक तयारी तथा प्रचारप्रसारको कार्य तीब्र रुपमा अगाडि बढाइएको महोत्सव आयोजक बनेपा ब्वाइज क्लब (बीबीसी) का अध्यक्ष महेश कुमार कर्माचार्यले जानकारी दिनु भयो।

महोत्सवमा अपाङ्गता र वृद्ध वृद्धाका लागि निःशुल्क प्रवेश तथा महोत्सव अवलोकनको व्यवस्था मिलाइएको छ ।महोत्सवमा बिभिन्न बिधाका खेलकुद, गायन , नृत्य ,धिमे बाजा प्रतियोगिताका साथ साथै प्रत्येक दिन राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुति समेत रहनेछ । करिब १०० भन्दा बढी स्टल रहने मेलामा ब्यापार ब्यावसाय प्रर्बद्धन गर्ने समाग्री, कृषि, घरेलु सामाग्री , दैनिक उपभोग्य एवं खाद्यान्न सामाग्री, फेन्सी, कस्मेटिक तथा श्रृंगारका सामाग्रीहरु, सुचना तथा सञ्चारका सामाग्री लगायतका स्टल रहने महोत्सव मुल आयोजक समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly