अनधिकृत संरचना हटाउने पनौती नगरपालिकाको निर्णय
पनौती नगरपालिकाले अनधिकृत संरचना हटाउने निर्णय गरेको छ । नगरपालिकाले आज एक सूचना जारी गर्दै अनधिकृत संरचना हटाउने निर्णय गरेको हो ।
नगरपालिकाद्धारा जारी गरिएको सूचनामा भनिएको छ, ‘यस नगरपालिकाको विभिन्न स्थान तथा सडक किनारामा नगरपालिकाबाट स्वीकृति नलिई घर टहराहरु निर्माण भएका र हालसमेत कतिपय स्थानमा निर्माण भइरहेको जानकारी प्राप्त भएको छ ।’
नगरपालिकाको स्वीकृति लिएर मात्र निर्माण कार्य...