कलाकारले लगाए कोरोनाविरुद्धको खोप
नेपाल चलचित्र कलाकार संघको संयोजनमा फिल्मकर्मीले कोरोना बिरुद्धको खोप लगाएका छन् । नेपाल सरकारले उपलब्ध गराएको भेरोसेल खोप आइतबार बिहानैबाट कलाकारले लगाएका हुन् । अभिनेता भुवन केसी, पल शाह, पुष्प खड्का, धिरेन शाक्य, दुर्गेश थापा, लगायत १५२६ जना कलाकारले खोप लगाएको कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले बताउनुभयो ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी निरौलाले कोभिडविरुद्धको ...