एलिसाको रातो रिबनमा अल्झियो किरणको मन
गायक पदम भट्टराईको नयाँ गीत ‘कालो कपाल रातो रिबन’ सार्वजनिक गरिएको छ । शनिबार गायक भट्टराई स्वयंको युट्युब च्यानलमा सार्वजनिक गीतमा उनलाई रेश्मा पुनले गायनमा साथ दिएकी छन् । राम अविरल विष्टको शब्द रचना रहेको गीतमा एसडी योगीको संगीत छ । रिकेश गुरुङ गीतका एरेञ्जर हुन् ।
गीतको भिडियोमा भने अभिनेता किरण श्रेष्ठ र अभिनेत्री तथा मोडल एलिसा शर्मा प्रस्तुत छन् । गीतले उनीहरुको प्रेमभाव बोल्छ । ...