शिक्षा र स्वास्थ्य

बनेपा – काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति तथा प्राध्यापक डा. सुरेशराज शर्माको ८६ वर्षको उमेरमा निधन भएको छ। उहाँको बुधबार काठमाडौँस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो। काठमाडौँ विश्वविद्यालयको स्थापना र विकासमा लामो समय महत्वपूर्ण योगदान दिनुभएका डा. शर्माले विश्वविद्यालयको नेतृत्वसँगै प्राध्यापन क्षेत्रमा समेत निरन्तर योगदान पुर्‍याउनुभएको थियो। उहाँ हालसम्म पनि प्राध्यापनमा सक्रिय रहनुभएको थियो। […]

up