मण्डनदेउपुर नगरपालिकाले ‘मेयर कप’ भलिबल प्रतियोगिता सञ्चालन गर्ने
काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले ‘मेयर कप’ भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।
आज बसेको नगरपालिकाको सामाजिक विकास समितिको बैठकले ‘मेयर कप’ भलिबल प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो । प्रतियोगिता यही फागुन १८ र १९ गते चल्ने छ ।
प्रतियोगिता डेडीथुम्का माध्यमिक विद्यालय, महादेवस्थानमा सञ्चालन हुनेछ । ‘मेयर कप’ भलिबल नगरस्तरीय प्रतियोगिताका रुपमा सञ्चालन गरिने नगरपालिका...