पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा बनेपामा प्रदर्शन, मुल्य वृद्धि फिर्ता नभए आन्दोलन चर्काउने घोषणा
काभ्रेपलान्चोक - पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा बनेपाको चारदोबाटोमा प्रदर्शन भएको छ। राष्ट्रिय युवा संघ नेपाल काभ्रे र अनेरास्ववियु काभ्रेका विद्यार्थीहरुले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्नुपर्ने माग राख्दै मंगलबार बनेपामा प्रदर्शन गरेका हुन्।
केही दिनअघि १७० रुपैयाँ पुर्याइएको पेट्रोलको भाउ अब १८० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको भाउ १६३ रुपैयाँ पुर्याइएको छ । ह्...