बनेपा नगर प्रमुख बादेको निर्देशन बनेपा वडा नं. ९ को कृषिमार्ग सडक चाडो सम्पन्न गर्नु

बनेपा नगर प्रमुख बादेको निर्देशन बनेपा वडा नं. ९ को कृषिमार्ग सडक चाडो सम्पन्न गर्नु
काभ्रेपलान्चोक - बनेपा नगरपालिका प्रमुख, उप-प्रमुख,प्रशासकीय अधिकृत लगायतको टोलिले बनेपा ९ मा बन्दै गरेका विभिन्न योजनाहरुको अनुगमन गर्नु भएको छ ।    बनेपा नगरपालिकाका वडा नम्बर ९ का विभिन्न योजनाहरुको निरिक्षण टोलिमा नगर प्रमुख लक्ष्मी नरसिं बादे, उप प्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेती, नेकपा एमाले जिल्ला युवा नेता कुमार तिमल्सिना, योजना अधिकृत शर्मिला बन्जाडे, ई...

सेफ्स एशासियसन लाई चुनावी गर्मी अध्यक्ष पदमा श्यामकाे उम्मेदवारी

सेफ्स एशासियसन लाई चुनावी गर्मी अध्यक्ष पदमा श्यामकाे उम्मेदवारी
काभ्रेपलान्चोक - चार जात छत्तिण वर्णको यो साझा फूलबारी, मौलीक खानापान , कला सस्कृति र रितिरिवाजले धनि यस मातृ भुमिमा  पाककलाका हामी सिपाही एउटै मञ्चमा भन्ने नारा सहित सेफ एशाेसियसन अफ नेपालकाे भावि अध्यक्ष पदकाे लागि सेफ श्याम तामाङले उम्मेदवारी दिनु भएको छ । काभ्रे जिल्लाकाे महेन्द्र ज्याेति हाल वनेपा न.पामा जन्मनु भएका सेफ विगत ३२ वर्ष देखि सेफ पेशा गरिरहनु भएकाे छ । काठमाण्डौकाे विभिन्न हाेटल ...

निर्मातालाई कसरी बचाउने एउटा स्टारको पहिलो प्राथमिकता हुनु पर्छ : धिमिरे

निर्मातालाई कसरी बचाउने एउटा स्टारको पहिलो प्राथमिकता हुनु पर्छ : धिमिरे
  काठमाण्डौ -  नेपाली चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका नायक हुन् पुष्ट बहादुर घिमिरे । घिमिरेले हालसम्म आधा दर्जन वढि सफल चलचित्रमा काम गरिसकेका छन् । नायक घिमिरे यतिबेला नयाँ निमार्णाधीन चलचित्रको गृह कार्यमा लागिपरेका छन् । अभिनेता घिमिरेले ‘लुट कम्पनी’, ‘सरकार’, ‘बुलेट’, ‘प्राणभन्दा प्यारो’ लगायतका चलचित्रमा काम गरिसकेका छन् भने निर्माणाधिन चलचित्र ‘श्रृंगार’ र ‘अशोका’मा ...

मौरीपालनको पकेट क्षेत्र बन्दै नमोबुद्ध

मौरीपालनको पकेट क्षेत्र बन्दै नमोबुद्ध
  देउराली (नमोबुद्ध)–नमोबुद्ध नगरपालिकालाई मौरीपालनको पकेट क्षेत्रको रुपमा अघि बढाउने भएको छ । आज वडा नं. ३ देउरालीमा आयोजित एक कार्यक्रममा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले नगरपालिकामा व्यवसायिकरुपमा मौरीपालनलाई प्राथमिकताका राख्दै पकेट क्षेत्रको रुपमा अघि बढाउने घोषणा गरेका हुन् । नमोबुद्ध नगरपालिका वडा नं. ३ र ७ का किसानहरुले लामो समयदेखि मौरीपालन व्यवसाय गर्दै आइरहेका छन् । त्यसलाई थप...

चाडपर्वलाई लक्षित गर्दै बनेपा सहित ४३ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन

चाडपर्वलाई लक्षित गर्दै बनेपा सहित ४३ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन
काभ्रेपलान्चोक - नेपाल सरकारले चाडपर्वलाई लक्षित गर्दै आजदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४३ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो । नेपाल सरकारको स्वामित्व भएको कम्पनीहरुले काठमाण्डौ उपत्यकामा थापाथली, रामशाहपथ, नक्खु, लगनखेल र सूर्यविनायक बिक्री केन्द्रबाट सुपथ मूल्यमा खाद्य सामग्री बिक्रीवितरण हुने जनाएको छ । उपत्यकाबाहिर बनेपा,...

दशैंका लागि हवाई टिकट बुकिङ सुरु

दशैंका लागि हवाई टिकट बुकिङ सुरु
काभ्रेपलान्चोक - दशैंका लागि आन्तरिक उडानको हवाई टिकट बुकिङ सुरु भएको छ । दशैं आउन २६ दिन बाँकी भए पनि धमाधम बुकिङ सुरु भएको वायुसेवा कम्पनीहरुले जनाएका छन् । दशैंका लागि भनेर छुट्टै अग्रिम बुकिङ खुल्ला नगरिए पनि यो सिजनमा टिकट बुकिङ गर्ने यात्रुहरुको संख्या बढ्ने वायुसेवा कम्पनीहरुको भनाइ छ । दशैंमा सामान्य अवस्थाको तुलनामा २५ प्रतिशतसम्म टिकट माग बढ्ने वायुसेवा कम्पनीहरुको दाबी छ । भाडा...

माधव राज खरेलको निर्देशन तथा लेखनमा चलचित्र चिठ्ठीको शुभमुहुर्त

माधव राज खरेलको निर्देशन तथा लेखनमा चलचित्र चिठ्ठीको शुभमुहुर्त
काभ्रेपलान्चोक - नेपाली चलचित्र चिठ्ठीको शुभमुहुर्त गरिएको छ । माधव राज खरेलको निर्देशन तथा लेखनमा छायांकन हुन लागेको चलचित्रको शुभमुहुर्त गरि दोलालघामा छायांकन सुरु गरिएको हो । काभ्रे तथा काठमाडौं उपत्यकाका विभिन्न स्थान मा छायांकन गरिने चलचित्र मा कलाकार हरु संजित भण्डारी ,श्रीदेव भट्टराई ,नम्रता खरेल,शान्ति प्रिय,गोपाल ढकाल छन्दे, नवराज थापा,खड्ग बहादुर पुनमगर,मुस्कान लामा,पुष्कर राउत,अस्मिन...

आज ऋषिपञ्चमी नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदै

आज ऋषिपञ्चमी नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदै
काभ्रेपलान्चोक - आज भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदै छन्। नेपाली महिलाहरुको विशेष पर्व हरितालिका तिज आज बाट सकिदै छ । व्रत बसेका सम्पुर्ण नारीहरुले आज सप्तऋषिको पूजा आराधना गरि समाप्त गर्दछन । महिलाहरुले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो ए...

हाम्रो शिक्षा प्रणाली समय सुहाउँदो र समयको माग अनुरूप भएन : निर्देशक प्रताप वैद्य ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान

हाम्रो शिक्षा प्रणाली समय सुहाउँदो र समयको माग अनुरूप भएन : निर्देशक प्रताप वैद्य ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान
काभ्रेपलान्चोक – कोरोना भाइरसका कारण अहिले विश्वभर स्वास्थ्य संकट सिर्जना भएको छ । दिनप्रतिदिन कोरोना भाइरसबाट मानिसहरू संक्रमित बनिरहेका छन् । कोरोना भाइरसका कारण मृत्यु हुने संख्या पनि बढ्दो क्रममा छ । गाउँघरमा अझै मास्क कसरी लगाउने, हात साबुनपानीले नियमित धुने जस्ता सावधानी नअपनाउँदा भाइरस सर्ने क्रम बढिरहेको छ । विशेषगरी बालबालिकाको जीवनमा यो भाइरसले झन् बढी प्रभाव पारेको छ । अहिले विद्यालय ज...

काभ्रेका ताराबहादुर कुँवरको हजुरलाई नमस्ते ट्रेड लिंक

काभ्रेका ताराबहादुर कुँवरको हजुरलाई नमस्ते ट्रेड लिंक
काभ्रेपलान्चोक - काभ्रे जिल्लाको भुम्लु गाउँपालिकामा जन्मनुभएको ताराबहादुर कुँवर सबैका लागि यति बेला प्रेरणाको श्रोत बन्नु भएको छ । उच्च बिचार र सालिन स्वभावको उहाँ काभ्रे जिल्लाको दुर्गम गाउँमा जन्मेर संघर्षका क्रममा काठमाडौं आउनु भएको थियो ।ताराबहादुर कुँवर एक चर्चित समाजसेवि पनि हुन । उनले गरेको समाजसेवा हाम्रो देशमा मात्रै नभएर बाहिर मुलुकमा पनि उतिकै चर्चामा रहेको छ । बाल्यकाल देखि नै समाजमा ...