कृषि कर्जासँगै बिमालाई सहज बनाउन कृषि विकास कार्यालयको जोड
काभ्रे । जिल्ला कृषि विकास कार्यालय काभ्रेले कृषि ऋण र कृषि बिमाबारे सरोकारवालाहरुसँग छलफल गरेको छ । कार्यालयले पहिलोपटक ऋण र बिमाका विषयमा केन्द्रित रहेर छलफल आयोजना गरेको हो ।
छलफलमा जिल्ला कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुल प्रसाद दवाडीले कृषि बिमा तथा सहुलियत कर्जामा कृषकहरुको पहुँच, अवस्था र चुनौतीका विषयमा प्रस्तुतिकरण दिएका थिए । नेपालमा २०६९ सालमा कृ...