काठमाडौं क्षेत्र नं. १ मा स्वतन्त्र उम्मेदवारका रूपमा राजानन्द माण्डव्य

काठमाडौं – आसन्न फाल्गुन २१ गते हुने आम निर्वाचनमा काठमाडौं क्षेत्र नं. १ बाट संघीय सांसदका लागि स्वतन्त्र उम्मेदवारका रूपमा राजानन्द माण्डव्यले उम्मेदवारी घोषणा गर्नुभएको छ।

माण्डव्य नेपालमा राष्ट्रिय पोशाक दिवस, अन्तर्राष्ट्रिय टोपी दिवस तथा राष्ट्रिय झण्डा दिवसका संस्थापकका रूपमा परिचित हुनुहुन्छ। साथै उहाँले राष्ट्रिय विभूति पुनर्जागरण अभियान, गौ संरक्षण अभियानलगायत दर्जनौँ सामाजिक संघ–संस्थामार्फत निरन्तर सामाजिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ
उहाँको चुनाव चिन्ह क्याल्कुलेटर रहेको छ भने मुख्य नारा “अब भावनाले होइन, हिसाबले देश बन्छ” रहेको छ।

बिज्ञापन