डिस्कोफ काभ्रेद्वारा ऋण लगानी र असुली व्यवस्थापनसम्बन्धी दुईदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

काभ्रेपलान्चोक – जिल्ला सहकारी संघ लि. (डिस्कोफ) काभ्रेले “ऋण लगानी, असुली व्यवस्थापन तथा देखिएका समस्या र समाधानका उपायहरू सम्बन्धी २ दिने क्षमता अभिवृद्धि तालिम कार्यक्रम” सफलतापूर्वक सम्पन्न गरेको छ ।

जिल्ला सहकारी संघ लि. (डिस्कोफ) काभ्रेल आयोजना तथा बागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयको लागत साझेदारीमा सञ्चालित उक्त तालिम मिति २०८२ माघ ११ र १२ गते धुलिखेलस्थित सनराईज रिसोर्ट मा सम्पन्न भएको हो ।

बिज्ञापन

तालिमको समापन समारोह मिति २०८२ माघ १२ गते सोमबार सम्पन्न भएको कार्यक्रममा जिल्ला सहकारी संघ लि. काभ्रेका अध्यक्ष श्री अमन पोटे श्रेष्ठ प्रमुख व्यक्तित्वको रूपमा उपस्थित रहनु भएको थियो। उहाँले सहकारी संस्थामा ऋण लगानीको गुणस्तर, असुली प्रणालीको सुदृढीकरण र जोखिम व्यवस्थापन वर्तमान अवस्थामा अत्यन्त जरुरी रहेको उल्लेख गर्दै यस्ता तालिमले संस्थागत क्षमता अभिवृद्धिमा ठोस योगदान पु¥याउने बताउनुभयो ।

तालिम कार्यक्रममा प्रशिक्षक कुवेर निरौला (सहकारी विज्ञ) ले सहकारी संस्थामा देखिएका व्यवहारिक समस्या, असुलीमा देखिने कमजोरी, कानुनी तथा व्यवस्थापकीय पक्ष र समाधानका उपायहरूबारे प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रमको संयोजन शान्ति लामा तामाङ (संयोजक, शिक्षा तथा तालिम व्यवस्थापन उपसमिति) ले गर्नु भएको थियो भने सह–संयोजकको भूमिका श्री अर्जुन प्रसाद सापकोटा (संयोजक, स्रोत परिचालन तथा अन्तर लगानी उपसमिति) ले निर्वाह गर्नु भएको थियो। कार्यक्रम सञ्चालन संघका सचिव प्रकाश बन्जारा ले गर्नु भएको थियो ।

समारोहमा कोअपरेटिभ म्यानेजर्स क्लब काभ्रेका अध्यक्ष गोपाल दाहाल, संस्थापक अध्यक्ष विवेक राज ठकुरी, संघका सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरू, कर्मचारीहरू तथा विभिन्न प्रारम्भिक सहकारी संस्थाका समिति, उपसमिति र ऋण विभागमा कार्यरत कर्मचारी गरी ८३ जनाको सक्रिय सहभागिता रहेको थियो ।

तालिममा सहभागीहरूले कार्यक्रम अत्यन्त उपयोगी, व्यवहारिक र प्रभावकारी रहेको प्रतिक्रिया व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता क्षमता अभिवृद्धि कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।