राति बिपी राजमार्ग र मध्यपहाडी लोकमार्गमा सवारीसाधन सञ्चालन निषेध

 

सिन्धुली — निरन्तर वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि आज (कात्तिक १३) र भोलि (कात्तिक १४) राति बिपी राजमार्ग र मध्यपहाडी लोकमार्गमा सवारीसाधन सञ्चालन निषेध गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन रोक्ने निर्णय गरेको हो।

बिज्ञापन

सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीका अनुसार यात्रुको सुरक्षाका लागि रातको समयमा सवारी सञ्चालन रोकिएको हो। प्रहरी उपरीक्षक लालध्वज सुवेदीले पनि यात्रुलाई अनावश्यक यात्रा नगर्न र मौसम सुधार भएपछि मात्र यात्रा गर्न आग्रह गरेका छन्।